सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौं–२ निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका अनुप बोहरा पछिल्लो समय युवापुस्तामाझ वैकल्पिक राजनीतिक आवाजका रूपमा स्थापित हुँदै गएका छन्। भ्रष्टाचार, कुशासन र प्रणालीगत असफलताविरुद्ध खुलेर बोल्दै आएका बोहरा यसपटक प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत प्रतिस्पर्धामा उत्रिएका हुन्।
उनी सर्वेन्द्र खनाल नेतृत्वको सम्मुनत पार्टी तथा राजेश पोर्तेल सम्बद्ध राष्ट्रिय परिवर्तन पार्टी को समर्थनमा चुनावी मैदानमा छन्। साथै, Gen-Z घाइते आन्दोलनसमेत उनको पक्षमा देखिएको छ।
अनुप बोहराले बेलायतस्थित London Metropolitan University बाट Bachelor in Business Administration (BBA) अन्तर्गत International Business मा Double Honors सहित स्नातक अध्ययन पूरा गरेका छन्। अन्तर्राष्ट्रिय व्यापार र व्यवस्थापनसम्बन्धी अध्ययनले उनलाई उद्यमशीलता र नीति निर्माणबारे व्यावहारिक दृष्टिकोण दिएको उनी निकटवर्तीहरू बताउँछन्।
देशमा बढ्दो भ्रष्टाचार, सुशासनको अभाव, सरकारी कार्यालयमा ढिलासुस्ती र युवामा बढ्दो वैदेशिक पलायनले आफूलाई राजनीतिमा आउन प्रेरित गरेको बोहराको भनाइ छ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा उनले पहिलो पटक काठमाडौं–२ बाट उम्मेदवारी दिएका थिए। ३१ जना प्रतिस्पर्धीमध्ये ७औँ स्थान हासिल गरे पनि उनले स्पष्ट एजेन्डा र युवामुखी अभियानका कारण उल्लेखनीय उपस्थिति जनाएका थिए।
उनले सार्वजनिक रूपमा भ्रष्टाचार नियन्त्रण, पारदर्शी प्रशासन, डिजिटल सुशासन, उद्यमशीलता प्रवर्द्धन र युवालाई रोजगारी सिर्जना गर्ने नीति अघि सारेका छन्। माइतीघर मण्डलामा भएका भ्रष्टाचारविरुद्धका प्रदर्शनमा उनको सक्रिय सहभागिता देखिएको छ।
राजनीतिसँगै अनुप बोहरा सफल उद्यमीका रूपमा पनि चिनिन्छन्। “विदेश जानुभन्दा नेपालमै सम्भावना खोजौं” भन्ने सोचसहित उनले विभिन्न उद्योग सञ्चालन गर्दै आएका छन्।
हाल उनका व्यवसायमार्फत ५०० भन्दा बढी नेपाली युवाले रोजगारी पाएका छन्। उनका प्रमुख उद्योगहरूमा:
विशेषगरी प्लास्टिक रिसाइकलिङ उद्योगमार्फत फोहोर प्लास्टिक संकलन गरी पुनः प्रयोगयोग्य सामग्री उत्पादन गर्दै वातावरण संरक्षणमा योगदान दिँदै आएका छन्। यसले प्रदूषण नियन्त्रण र दिगो विकासमा सकारात्मक प्रभाव पारिरहेको दाबी गरिएको छ।
अनुप बोहरा राजनीतिमा प्रवेश गर्नुअघि र पछिसमेत समाजसेवामा सक्रिय रहँदै आएका छन्। स्वदेशी उत्पादन प्रवर्द्धन, युवालाई सीपमूलक तालिम, रोजगारी सिर्जना, वातावरण संरक्षण र सुशासनको पक्षमा अभियान सञ्चालन गर्दै आएका छन्।
काठमाडौं–२ मा युवापुस्ताको प्रतिनिधित्व गर्ने दाबीका साथ उनी चुनावी मैदानमा उत्रिएका छन्। बोहराको अभियानले परम्परागत राजनीतिक संरचनाभन्दा बाहिर वैकल्पिक नेतृत्व खोजिरहेका युवामाझ आकर्षण बढाएको विश्लेषण गरिएको छ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा