सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रिया अघि बढ्दै जाँदा महामन्त्री पदका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको चौथो दिन बुधबार शर्माले र पौडेलले महामन्त्री पदमा औपचारिक रूपमा उम्मेदवारी दिएका हुन् । निर्वाचन समितिका अनुसार दुवै नेताले निर्धारित समयभित्र आफ्नो मनोनयन दर्ता गराएका छन् ।
यसअघि पार्टी सभापति पदका लागि गगनकुमार थापाले उम्मेदवारी दर्ता गरिसकेका छन् । विशेष महाधिवेशनमार्फत कांग्रेसको नयाँ नेतृत्व चयन हुने भएकाले महाधिवेशनलाई पार्टीको भावी दिशा र संगठनात्मक पुनर्संरचनाको दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
अब उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएपछि निर्वाचन प्रक्रिया थप अघि बढ्ने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा