सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दायर गरिएको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिएको छ।
सरकारी निर्णयअनुसार सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अभियोग फिर्ता लिइए पनि लामिछानेमाथि लागेका सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहनेछन्। ती मुद्दामा कानुनी प्रक्रिया निरन्तर अघि बढ्ने जनाइएको छ।
महान्यायाधिवक्ता कार्यालयका अनुसार संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिनु अघि लामिछानेको तर्फबाट औपचारिक रूपमा निवेदन दर्ता गरिएको थियो। सो निवेदनमाथि कानुनी अध्ययन र समीक्षा गरेपछि मुद्दा फिर्ता लिने निर्णय गरिएको हो।
सरकारको यस निर्णयलाई लिएर राजनीतिक वृत्तमा मिश्रित प्रतिक्रिया देखिन थालेको छ भने सहकारी ठगीसम्बन्धी मुद्दाको सुनुवाइले आगामी दिनमा थप चर्चा पाउने अपेक्षा गरिएको छ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा