सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग भेटवार्ता गरेका छन्। तर भेटको उद्देश्य र छलफलका विषयमा दुवै पक्षले सार्वजनिक रूपमा केही बताएका छैनन्।
ललितपुरको कुपण्डोलस्थित मेयर साहका सहयोगी कुमार बेनको निवासमा भएको भेटपछि बाहिर निस्कँदा सञ्चारकर्मीहरूले लामिछानेलाई घेरेर प्रश्न गरेका थिए। तर उनले प्रत्यक्ष जवाफ नदिई प्रतिप्रश्न गर्दै भने, ‘मेरो अनुहारले के भन्छ ?’ भन्दै प्रतिक्रिया दिन टारेका थिए।
स्रोतका अनुसार यी दुई नेताबीच केही दिनअघि पनि एक्लाएक्लै लामो छलफल भएको थियो। सोही छलफललाई निरन्तरता दिन फेरि भेट भएको बताइएको छ।
लामिछाने निकट एक नेताका अनुसार भेटमा समसामयिक राजनीतिक अवस्था र आगामी निर्वाचन का विषयमा केन्द्रित भएर छलफल भएको थियो। तर छलफलको निष्कर्ष वा सहमतिबारे भने कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।
रवि लामिछाने र बालेन साह दुवै हाल नेपाली राजनीतिमा वैकल्पिक र प्रभावशाली पात्रका रूपमा हेरिँदै आएका छन्। उनीहरूबीचको भेटलाई लिएर राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी सुरु भएको छ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा