सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सभासद् तथा लोकप्रिय नेता गगनकुमार थापाले आगामी निर्वाचन पनि काठमाडौं–४ निर्वाचन क्षेत्रबाटै लड्ने घोषणा गरेका छन्। पार्टीभित्र विभिन्न संयोजन तथा क्षेत्र हेरफेरका चर्चा भइरहेकै बेला थापाले आफ्नै क्षेत्रबाट निरन्तर जनमत लिने निर्णय सार्वजनिक गरेका हुन्।
पार्टीभित्रको आन्तरिक छलफलमा समेत थापा आफ्नो मूल आधार क्षेत्र काठमाडौं–४ छाड्ने कुनै योजना नभएको स्पष्ट पारेको स्रोतले जनाएको छ। उनले काठमाडौं–४ लाई राजनीतिक, विकास र सामाजिक रुपान्तरणको नमुना क्षेत्र बनाउने लक्ष्य अधुरै रहेको भन्दै मतदातासँग फेरि एकपटक जनादेश माग्ने तयारी भएको बताइएको छ।
थापाले पछिल्ला वर्षमा स्वास्थ्य क्षेत्र सुधार, सुशासनको प्रसार, भ्रष्टाचारविरुद्ध कडा आवाज र कानूनी सुधारका एजेन्डाले चर्चा पाएका थिए। यही लोकप्रियता र क्षेत्रमै बलियो संगठनात्मक संरचनाले उनलाई फेरि त्यहीँबाट चुनावी प्रतिस्पर्धामा उत्रिन प्रेरित गरेको काँग्रेस नेताहरूको भनाइ छ।
आगामी चुनाव नजिकिँदै जाँदा काठमाडौंका सबै क्षेत्रमा राजनीतिक चहलपहल बढ्दो छ। थापाको यस घोषणासँगै काठमाडौं–४ फेरि एकपटक प्रतिस्पर्धात्मक क्षेत्र बन्ने अपेक्षा गरिएको छ।
रास्वपा काठमाडौं–४ मा आफ्नो लोकप्रियता परीक्षण गर्न चाहन सक्छ। यसका लागि उनीहरूले यो क्षेत्रका प्रबुद्ध, युवा–मुखी वा चर्चित अनुहार उतार्ने सम्भावना छ। यदि पार्टी ठूलो फेस ल्यायो भने प्रतिस्पर्धा निकै कडा हुन सक्छ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा