सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा निवर्तमान सांसद तोसिमा कार्कीले निर्वाचन आयोगमा पार्टीले पेस गरेको समानुपातिक तर्फको बन्द सूचीप्रति आपत्ति जनाएकी छन्। सूचीमा आफन्तवाद र नातावाद देखिएको भन्दै उनले यस्तो प्रवृत्ति अन्त्य गर्न माग गरेकी हुन्।
कार्कीले समानुपातिक प्रणाली समावेशिताका लागि ल्याइएको उल्लेख गर्दै पहुँच र शक्तिविहीन तर सक्षम व्यक्तिहरूले प्रतिनिधित्व पाउनुपर्ने बताइन्। तर पार्टी नेतृत्वका आफन्त र ‘भाइटल पोष्ट’ मा रहेका व्यक्तिहरू नै सूचीमा अगाडि देखिनु समानुपातिकको मर्मविपरीत भएको उनको भनाइ छ।
उनले समानुपातिक सूचीले कर्णाली, सुदूरपश्चिम र गाउँका आवाज बोल्नुपर्ने बताउँदै वर्तमान सूचीले प्रणालीको औचित्यमाथि प्रश्न उठाएको उल्लेख गरिन्। साथै, सचिवालय सदस्य र पदाधिकारीहरू सधैं लाभको अवस्थामा रहने भएकाले प्राइमरी भोटिङ र मूल्यांकन प्रक्रियामा समेत असमानता देखिएको उनको आरोप छ।
कार्कीले पार्टीको महाधिवेशन नहुँदासम्म हालका पदाधिकारी र सचिवालय सदस्यहरू निर्वाचनबाट नबनेको अवस्थालाई पनि उठान गर्दै पार्टीभित्र पदमा बस्ने र निर्वाचनमा पनि समानुपातिक सूची सुरक्षित गर्ने प्रवृत्ति पुराना दलभन्दा फरक नदेखिएको टिप्पणी गरिन्।
उनले सबै पदाधिकारी तथा सचिवालय सदस्यहरूले आफ्नो नाम समानुपातिक सूचीबाट हटाएर प्रत्यक्ष चुनाव लड्न हिम्मत गर्नुपर्ने माग गर्दै समानुपातिक सूचीमा आफन्तवाद र नातावाद पूर्ण रूपमा निषेध गर्नुपर्ने बताइन्।

युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा