सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल उपमहासचिव पदमा पराजित भएका छन्।
काठमाडौँमा जारी एमालेको ११औँ महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा रिमालले १ हजार ९१ मत प्राप्त गरेपछि पराजय व्यहोरेका हुन्। अध्यक्ष ओली प्रधानमन्त्री रहँदा प्रमुख राजनीतिक सल्लाहकारको भूमिकामा रहेका रिमाललाई नै पार्टी प्रतिनिधिहरूले विश्वास नगरेको घटनाले एमालेभित्र उनको लोकप्रियता घट्दै गएको संकेत गरेको राजनीतिक विश्लेषकहरू बताउँछन्।
एमालेको विधानअनुसार उपमहासचिवमा तीन जना निर्वाचित हुने व्यवस्था छ। सोहीअनुसार अध्यक्ष ओलीले आफ्नो प्यानलबाट विष्णु रिमालसहित लेखराज भट्ट र रघुवीर महासेठलाई उम्मेदवार बनाएका थिए। तर भट्ट र महासेठ विजयी हुँदा रिमाल भने हार्न पुगे।
निर्वाचन परिणामअनुसार लेखराज भट्टले सबैभन्दा धेरै १ हजार ४५२ मत प्राप्त गर्दै उपमहासचिवमा पहिलो स्थान हासिल गरे। रघुवीर महासेठले १ हजार ३६८ मत ल्याएर दोस्रो स्थानमा रहे भने १ हजार ३४८ मतसहित योगेश भट्टराई तेस्रो स्थानमा रहँदै उपमहासचिवमा निर्वाचित भए। यसअघि भट्टराई एमाले सचिव थिए।
रिमालको पराजयलाई अध्यक्ष ओलीको प्यानलभित्रै आएको ठूलो राजनीतिक झट्काका रूपमा हेरिएको छ। महाधिवेशनको नतिजाले एमालेभित्र नेतृत्वप्रतिको भरोसा, आन्तरिक शक्ति सन्तुलन र आगामी राजनीतिक दिशाबारे महत्वपूर्ण सन्देश दिएको टिप्पणी हुन थालेको छ।

युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा