सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

धुलिखेल। नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मासिक योजना मन्थन–२०८२ अन्तर्गत तोकिएको व्यवसाय पूरा गरी छनौट भएका बागमती तथा मधेश प्रदेशका विभिन्न शाखा कार्यालयमा आबद्ध अभिकर्ताहरूलाई लक्षित गर्दै १ दिने तालिम सम्पन्न गरेको छ।
कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत स्मृती राज कडेलज्यूको सभापतित्वमा धुलिखेलस्थित होटल सारथीमा सम्पन्न कार्यक्रममा २८० जना अभिकर्ताहरूको सहभागिता रहेको थियो। तालिममा चर्चित प्रशिक्षक काजिम रजाले एमडिआरटी (MDRT) लक्ष्य हासिल गर्ने रणनीतिबारे व्यावहारिक प्रशिक्षण प्रदान गर्नुभएको थियो।
कार्यक्रममा उप–प्रमुख कार्यकारी अधिकृत कडेलज्यूले अभिकर्ता पेशालाई अझ व्यावसायिक बनाउने उद्देश्यले कम्पनीले अभिकर्ता–मैत्री मासिक तथा वार्षिक योजनाहरू सञ्चालन गर्दै आइरहेको बताउनुभयो। “प्रेरणा, प्रगति र पेशागत उत्कृष्टता” नारासहित सञ्चालन गरिएको योजना मन्थनमा देशभरबाट ७०० भन्दा बढी अभिकर्ता छनौट हुनु कार्यक्रमको सफलताको सूचक रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशिल प्रताप राणाले यस्ता तालिमले अभिकर्ताहरूलाई प्रतिस्पर्धात्मक बीमा बजारमा सक्षम बनाउने उल्लेख गर्नुभयो। साथै कार्यक्रममा शाखा–स्तरीय प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने अभिकर्ताहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।
तालिममा सहभागी अभिकर्ताहरूले यस्ता कार्यक्रमबाट बीमा व्यवसायमा थप प्रगति गर्ने प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन्।

युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा