सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘कामना सेवा फुटसल कप’ को छैटौँ संस्करण सम्पन्न भएको छ। बैंक तथा वित्तीय संस्थाबीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता आइतबार धन्वन्तरी फुटसलमा सम्पन्न भएको हो। प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० टोलीको सहभागिता रहेको थियो।
प्रतियोगिताको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले नेपाल आर्थिक पत्रकार समाज (सेजन) का प्रतिनिधि सुगित सुवेदीलाई बल हस्तान्तरण गर्दै गर्नुभएको थियो। उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, प्रमुख व्यवसाय अधिकृत, प्रमुख सञ्चालन अधिकृतलगायत विभिन्न विभागका विभागीय प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
प्रतियोगिताको सुरुवातमा नेपाल आर्थिक पत्रकार समाज (सेजन), नेपाल आर्थिक पत्रकार संघ (नाफिज) तथा इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) बीच मैत्रीपूर्ण फुटसल खेल आयोजना गरिएको थियो। उक्त मैत्रीपूर्ण प्रतिस्पर्धामा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) विजयी भएको थियो।
त्यसपछि सुरु भएको मुख्य प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका ३० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको पुरुषतर्फको फाइनलमा कुमारी बैंकले माछापुच्छ्रे बैंकलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्दै उपाधि जित्न सफल भयो। प्रतिस्पर्धात्मक रहेको फाइनल खेलमा जित निकाल्दै कुमारी बैंकले छैटौँ संस्करणको पुरुषतर्फको उपाधि आफ्नो नाममा गरेको हो।
त्यसैगरी, महिलातर्फको फाइनलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी विकास बैंकले ग्लोबल आइएमई बैंकलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै उपाधि रक्षा गर्न सफल भयो। रोमाञ्चक प्रतिस्पर्धापछि लुम्बिनी विकास बैंकले महिलातर्फको उपाधि लगातार आफ्नो पक्षमा पार्न सफल भएको हो।
प्रतियोगिताको समापन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो। समापन समारोहमा बैंकका उच्च व्यवस्थापन तहका पदाधिकारी, विभिन्न विभागका प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको यस प्रतियोगिताले बैंक तथा वित्तीय संस्थाबीच खेलकुदका माध्यमबाट आपसी सम्बन्ध, एकता र सहकार्यलाई थप सुदृढ बनाउँदै आएको छ। प्रतियोगिताले विभिन्न संस्थामा कार्यरत कर्मचारीलाई नियमित कार्यक्षेत्रभन्दा बाहिर खेलकुदमार्फत एकै ठाउँमा जोड्ने तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने अवसर प्रदान गर्दै आएको बैंकले जनाएको छ।
यस प्रतियोगिताले वित्तीय क्षेत्रका कर्मचारीबीच आपसी परिचय, सहकार्य र सद्भाव अभिवृद्धि गर्नुका साथै खेलकुदप्रतिको रुचि र सक्रियतालाई प्रोत्साहन गरेको छ।
यसैबीच, बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा कात्तिक १८ गते बुधबार देशव्यापी रूपमा रक्तदान कार्यक्रमसमेत आयोजना गर्ने जनाएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गर्न लागिएको उक्त कार्यक्रममार्फत रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै आवश्यकतामा रहेका बिरामीका लागि रगतको उपलब्धतामा सहयोग पुर्याउने बैंकको उद्देश्य रहेको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा