सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा झण्डै दोब्बर बनाएको छ ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ६५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३३ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअनुसार बैंकको नाफा ९६.६ प्रतिशतले बढेको हो ।
बैंकको खुद ब्याज आम्दानी १.७ प्रतिशतले बढेर २ अर्ब ७६ करोड १७ लाख रुपैयाँ पुगेको छ । ब्याज आम्दानी ३.९ प्रतिशतले घटे पनि ब्याज खर्च ७.७ प्रतिशतले घट्दा खुद ब्याज आम्दानीमा सुधार आएको हो ।
त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी ४.५ प्रतिशत र खुद कारोबार आम्दानी ३२.९ प्रतिशतले बढेको छ । कर्जा तथा अन्य नोक्सानी व्यवस्थाबापत छुट्याउनुपर्ने रकम ३८.३ प्रतिशतले घटेर १ अर्ब १९ करोड ६८ लाख रुपैयाँ कायम भएको छ ।
यससँगै बैंकको खुद सञ्चालन आम्दानी ३६.१ प्रतिशतले बढेर २ अर्ब ६९ करोड १६ लाख रुपैयाँ पुगेको छ । सञ्चालन खर्च १४.२ प्रतिशतले बढे पनि सञ्चालन नाफा ११३ प्रतिशतले वृद्धि भएर ९३ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ७८.८ प्रतिशतले बढेर ९ रुपैयाँ ७६ पैसा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ईपीएस ५ रुपैयाँ ४६ पैसा थियो ।
त्यस्तै, बैंकको खुद खराब कर्जा अनुपात १.५७ प्रतिशतबाट घटेर १.३३ प्रतिशतमा झरेको छ । तर कुल खराब कर्जा अनुपात भने ५.४२ प्रतिशतबाट बढेर ५.५८ प्रतिशत पुगेको छ ।
बैंकको कोष लागत ४.०५ प्रतिशतबाट घटेर ३.२० प्रतिशत र आधार दर ५.८९ प्रतिशतबाट घटेर ४.८९ प्रतिशत कायम भएको छ ।
यसैगरी, असार मसान्तको तुलनामा बैंकको निक्षेप ३.६ प्रतिशतले बढेर ४ खर्ब ३९ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ५ प्रतिशतले बढेर ३ खर्ब २१ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।
बैंकको कुल सम्पत्ति ५.३ प्रतिशतले बढेर ५ खर्ब ३८ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । समूहगत (कन्सोलिडेटेड) खुद नाफा पनि १०५.३ प्रतिशतले बढेर ६५ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।
बैंकका अनुसार विश्वव्यापी तथा आन्तरिक आर्थिक चुनौतीले आम्दानी र खराब कर्जा अनुपातमा प्रभाव पारेको छ । यस्तो प्रभाव आगामी आर्थिक वर्षमा समेत रहन सक्ने बैंकको व्यवस्थापकीय विश्लेषणमा उल्लेख छ । यद्यपि, बैंकले जोखिम व्यवस्थापन प्रणाली र पर्याप्त आन्तरिक पुँजी रहेको जनाएको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा