पोखरा, साउन ५ । पोखराको चरक अस्पतालमा उपचाररत ७० वर्षीय एक वृद्ध महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी ती महिलामा असार २५ गते कोरोना पुष्टि भएको थियो। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक डा. खिमबहादुर खड्काका अनुसार, स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि साउन ४ गते ती महिलाको निधन भएको हो।... विस्तृतमा