सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा, २९ बैशाख । गण्डकी प्रदेशमा नवनियुक्त थप चारजना मन्त्रीले शपथ लिएका छन् ।
आज शुक्रबार कांग्रेसबाट बागलुङका दीपेन्द्रबहादुर थापा, नवलपुरका महेन्द्रध्वज जीसी र तनहुँका जीतप्रकाश आले र माओवादीबाट रेशम जुग्जालीले शपथ लिएका छन् ।
उनीहरूलाई प्रदेश प्रमुख निवासमा पृथ्वीमान गुरुङले सपथ खुवाएका हुन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार बिहान ४ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए ।
वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले वैशाख १५ गते कांग्रेसकी सरस्वती अर्यात तिवारी र माओवादीकी सुशीला सिंखडालाई मन्त्री नियुक्त गरेका थिए ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा