सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सर्वोच्च अदालतको नयाँ भवनमा एक महिनामै दोस्रोपटक आगलागी भएको छ। गएराति भएको आगलागीबाट भवनका कम्तीमा तीन वटा फाँटमा क्षति पुगेको छ।
अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार आगलागीबाट मुद्दा फाँटमा रहेका टेबल, कुर्सी तथा तीन वटा कम्प्युटर जलेर क्षति भएका छन्। थप क्षतिको विवरण संकलन भइरहेको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरेको छ। यद्यपि आगलागीको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको छ।
आगो लागेको थाहा पाएपछि अदालत परिसरमा खटिएका सुरक्षाकर्मी र कर्मचारीले तत्काल नियन्त्रणको प्रयास गरेका थिए। आगो अन्य कक्षमा फैलिन नपाउँदै नियन्त्रणमा लिइएको बताइएको छ। घटनामा मानवीय क्षति भने भएको छैन।
यसअघि भदौ १७ गते राति पनि सर्वोच्च अदालतको भवनमा आगलागी भएको थियो। त्यतिबेला अभिलेख शाखामा आगलागी हुँदा प्रयोगविहीन अवस्थामा राखिएका केही कागजात जलेका थिए।
छोटो अवधिमै पुनः आगलागी भएपछि सर्वोच्च अदालतको विद्युत् प्रणाली, सुरक्षा व्यवस्था र अभिलेख संरक्षणबारे प्रश्न उठेको छ।
यसअघि भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतको पुरानो संरचनामा समेत आगजनी भएको थियो। त्यसपछि सर्वोच्चले एनेक्स भवन र निर्माणाधीन नयाँ भवनबाट आफ्नो काम सञ्चालन गर्दै आएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा