सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । हरितालिका तीजको दिन आज शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ। नेप्से परिसूचक २५ दशमलव ५५ अंकले बढेर २ हजार ५८५ विन्दुमा पुगेको छ।
आज म्युचुअल फन्डबाहेक सबै समूहको उपसूचक बढेको छ। फाइनान्स र निर्जीवन बीमा समूह करिब डेढ प्रतिशतले बढेका छन्।
कारोबार भएका कम्पनीमध्ये २२६ वटा कम्पनीको शेयर मूल्य बढ्दा ४७ वटा कम्पनीको घटेको छ। माईखोला हाइड्रोपावर र नारायणी विकास बैंकको शेयर मूल्य भने स्थिर रह्यो।
आज इन्फिनिटी लघुवित्त र त्रिशूली जलविद्युत्को शेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको छ। बजार बढे पनि उपकार लघुवित्तको शेयर भने ८ प्रतिशतभन्दा धेरैले घटेको छ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। आज ३३६ कम्पनीका १ करोड १५ लाख कित्ता शेयर ४ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीमा कारोबार भएका छन्। गएको शुक्रवार ४ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको थियो।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा