• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक १९, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • एनपीएलमा हालसम्म ११ अर्धशतक, सात अर्धशतक नेपाली खेलाडीको नाममा

      सरकारको निर्णयविरुद्ध अदालत जाने तयारीमा पूर्वआईजीपी कार्की

      नेपाल प्रहरीको नेतृत्व परिवर्तन: दानबहादुर कार्की हटाइए; मनोज केसी नयाँ आईजीपी नियुक्त

      प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम

      रमेश खरेलद्वारा प्रधानमन्त्री बालेनलाई खतरनाक गिरोहको संज्ञा, रविलाई सरकार सम्हाल्न आग्रह

      आठ हजार मिटरभन्दा अग्ला थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन नेपालको पहल

      राराको चुच्चेमारा जङ्गलमा अलपत्र १२ पर्यटकको सेनाले गर्यो उद्धार

      डोल्पा कारागारबाट भागेका थप दुई पक्राउ, अब चार जना फरार

      महिलाको हत्यामा संलग्न चार जना पक्राउ

      गण्डकी प्रदेशलाई आत्मनिर्भर प्रदेशका रूपमा स्थापित गर्न छुट्टै राजस्व कार्यालय स्थापना

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६०८ जनालाई कारबाही

      आजको मौसम : पाँच प्रदेशमा आंशिक बदली, हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना

      एनपीएलः पोखरालाई हराएर लुम्बिनी पहिलो स्थानमा

      पत्रकार पक्राउबारे सरकारको जवाफ- प्रहरीको आन्तरिक विषय हो, प्रधानमन्त्रीलाई जानकारी थिएन

      जेलबाट छुट्दै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी

    होमपेज /  खेलकुद

    एनपीएलमा हालसम्म ११ अर्धशतक, सात अर्धशतक नेपाली खेलाडीको नाममा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक १९, बुधबार (५३ मिनेट अघि)
    अनुमानित पढ्ने समय : २ मिनेट
  • ९ पटक पढिएको
  • काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा हालसम्म १३ खेल सम्पन्न भएका छन् । जसमा ११ अर्अशतक प्रहार भएका छन् । शतक भने जारी सिजनमा हालसम्म कुनै पनि खेलाडीले जोड्न सकेका छैनन् ।

    एघार अर्धशतकमा सात अर्धशतक भने नेपाली खेलाडीको नाममा रहेको छ । विराटनगर किङ्सका लोकेश बमले दुई अर्धशतक प्रहार गरिसकेका छन् । यस्तै विराटनगरकै  इमरान शेख,आन्द्रे रसेल, काठमाडौं गोर्खाजका राशिद खान, जनकपुर बोल्ट्सका तृतराज दास, मोइन अली, शैफ हसन, कर्णाली याक्सका कप्तान सोमपाल कामी, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी,चितवन राइनोजका डेभिड मलानले अर्धशतक हिर्काएका छन् । जसमा आन्द्रे,मोइन,हसन,मलानबाहेक सबै नेपाली खेलाडी छन् ।

    आठ प्लेयर अफ दी म्याचमा पनि नेपालीकै नाममा

    कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा १३ खेल सम्पन्न हुँदा प्लेयर अफ दी म्याचमा पनि नेपाली खेलाडीकै वर्चश्व देखिएको छ । १३ मध्ये एक खेल वर्षाका कारण रद्द भएकोमा १२ खेल भएका थिए । जसमा ८ नेपाली र ४ विदेशीले प्लेयर अफ दी म्याच पाए । आफ्नो टिमलाई जिताउन महत्वपूर्ण भूमिका निभाएका खेलाडी प्लेयर अफ दी म्याच चुनिँदै ५० हजार पुरस्कार पाउने गरेका छन् ।

    प्लेयर अफ दी म्याच पाउने नेपाली खेलाडीमा लुम्बिनीका शेर मल्ल,चितवनका कमलसिंह ऐरी,कर्णालीका कप्तान सोमपाल कामी, युनिश विक्रम सिंह, सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी,जनकपुरका राहुल यादव, तृतराज दास र काठमाडौंका कप्तान करण केसी रहेका छन् ।

    यस्तै विदेशी खेलाडीमा सुदूरपश्चिमका ब्रान्डन म्याकमलेन,विराटनगरका आन्द्रे रसेल,लुम्बिनीका रुबेन ट्रम्पेलम्यान रहेका छन् । रसेल दुई खेलमा प्लेयर अफ दी म्याच भएका थिए ।

    सर्वाधिक रन र व्यक्तिगत उच्च स्कोरमा पनि नेपाली खेलाडी 

    हालसम्म सर्वाधिक रन बनाउने खेलाडीको पहिलो नम्बरमा विराटनगरका लोकेश बम रहेका छन् । लोकेशले चार खेलमा दुई अर्धशतकसहित १८८ रन जोड्दै सर्वाधिक रन बनाउने सूचीको पहिलो नम्बरमा रहेका छन् ।

    सर्वाधिक रन बनाउने दोस्रो नम्बरमा विराटनगरका विदेशी खेलाडी आन्द्रे रसेल रहेका छन् । रसेलले एक अर्धशतकको मद्दतमा १४१ रन बनाएका छन् । ११९ रन बनाएका कर्णालीका अरिफूल इस्लाम तेस्रो,११२ रन बनाएका जनपुरका सैफ हसन चौथो र १०८ रन बनाएका जनकपुरकै मोइनल अली पाचौं स्थानमा रहेका छन् ।

    लोकेश प्रतियोगितामा उच्च व्यक्तिगत रन बनाउने खेलाडी समेत हुन् । उनले एकटै खेलमा बनाएको ८७ रन व्यक्तिगत उच्च रन हो ।

    लोकेश सर्वाधिक छकका र चौका हिर्काउने खेलाडीको पहिलो नम्बरमा समेत छन् । उनले हालसम्म १६ छ्रक्का र ११ चौका हानेका छन् । यो सूचीको दोस्रो नम्बरमा विराटनगरकै आन्द्रे रसेल छन् । उनले १४ छक्का र ८ चौका हिर्काएका छन् ।

    सर्वाधिक विकेट लिनेमा विदेशी र क्याच गर्नेमा नेपाली

    सर्वाधिक विकेट लिने खेलाडीमा भने विदेशी खेलाडी अगाडी रहेका छन् । जनकपुरका मोइन अली ७ विकेट लिदैं पहिलो स्थानमा छन् । समान ७/७ विकेट लिएका विराटनगरका एन्जेलो म्याथ्यूज र कर्णालीका कप्तान सोमपाल कामी क्रमशस् दोस्रो र तेस्रो स्थान छन् ।

    समान ६/६ विकेट लिएका सुदूरपश्चिमका अनिल खरेल चौथो र जनकपुरका कप्तान हर्मित सिंह पाचौं नम्बरमा रहेका छन् ।

    सबैभन्दा बढी क्याच समात्नेमा कर्णालीका गुल्सन झा रहेका छन् । उनले ५ क्याच समातेका छन् । यस्तै सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी र जनकपुरका राहुल यादवले ४÷४ क्याच लिएका छन् ।

    सर्वाधिक रन बनाउने टिममा कर्णाली याक्स रहँदा कम बनाउने सुदूरपश्चिम रहेको छ । कर्णालीले एकै इनिङमा १८७ रनाएको उच्च स्कोर हो । सुदूरपश्चिमले बनाएको ७० रन बनाएको न्यून स्कोर हो । वर्षाका कारण ५ ओभरमा घटाइएको विराटनगरविरुद्धको खेलमा सुदूरपश्चिमले ७० रन थियो ।

    उच्च साझेदारी लोकेश बम र इमरान शेखबीच

    प्रतियोगितामा विराटनगरका लोकेश बम र इमरान शेखबीच भएको १०७ रनको साझेदारी नै उच्च हो । जनकपुरकाविरुद्ध लोकेश र इमरानले यो उच्च साझेदारी गरेका हुन् ।

    अंकतालिकामा लुम्बिनी पहिलो पोखरा पुछारमा

    कीर्तिपुर मैदानमा जारी प्रतियोगितामा ८ टोली सहभागी छन् । सहभागीमध्ये हालसम्म लुम्बिनी ५ अंकका साथ पहिलो स्थानमा छन् । समान ४/४ अंक भएका विराटनगर,कर्णाली,जनकपुर,सुदूरपश्चिम क्रमशस् दोस्रो,तेस्रो,चौथो र पाचौं स्थानमा रहेका छन् । अंकतालिकाको छैटौं स्थानमा भने चितवन, सातौं स्थानमा काठमाडौं र पुछारमा पोखरा रहेको छ ।

    नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता मंसिर ५ गते समापन हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    एनपीएलः पोखरालाई हराएर लुम्बिनी पहिलो स्थानमा

    थाइल्यान्डलाई १९ रनमा समेट्दै नेपाल समूह विजेता

    प्लेअफको सम्भावना बलियो बनाउन विराटनगरलाई जनकपुरविरुद्ध जित्नैपर्ने दबाब

    काठमाडौं गोर्खाजको पहिलो जित, कर्णाली याक्स ४ विकेटले पराजित

    एनपीएलको सातौं अर्धशतक राशिदको नाममा

    एनपीएलमा आज काठमाडौँ र कर्णाली तथा सुदूरपश्चिम र चितवनबीच प्रतिस्पर्धा हुँदै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एनपीएलमा हालसम्म ११ अर्धशतक, सात अर्धशतक नेपाली खेलाडीको…

    सरकारको निर्णयविरुद्ध अदालत जाने तयारीमा पूर्वआईजीपी कार्की

    नेपाल प्रहरीको नेतृत्व परिवर्तन: दानबहादुर कार्की हटाइए; मनोज…

    प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम

    पत्रकार पक्राउबारे सरकारको जवाफ- प्रहरीको आन्तरिक विषय हो,…

    जेलबाट छुट्दै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी

    लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डे…

    २०८३ सालको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते…

    आर्थिक

    तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

    कामना सेवा फुटसल कपको छैटौँ संस्करण सम्पन्न, पुरुषतर्फ कुमारी र महिलातर्फ लुम्बिनी विकास बैंक विजेता

    नबिल बैंकको खुद नाफा ४५ प्रतिशत बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑