• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक १८, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • जेलबाट छुट्दै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी

      लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डे नियुक्त 

      २०८३ सालको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे

      रौतहटमा तीनवटा खुट्टा भएकी बालिकाको जन्म, थप उपचारका लागि वीरगन्ज लैजान सुझाव 

      भक्तपुर पोटरी स्क्वायरमा माटोका पाला बनाउन भ्याइनभ्याइ (तिस्बरहरु)

      थाइल्यान्डलाई १९ रनमा समेट्दै नेपाल समूह विजेता

      नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

      प्रधानमन्त्री कार्यालय यातना गृहजस्तो भयो : कांग्रेस नेता आङ्देम्बे

      तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

      कात्तिकमै अत्याधिक चिसो, चौरमै सुरु गरियो पठनपाठन

      माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर (आरोपपत्रसहित)

      श्रम संस्कृति पार्टीद्वारा ‘श्रम ब्रिगेड’ गठन, संयोजकमा रजत किराती

      प्लेअफको सम्भावना बलियो बनाउन विराटनगरलाई जनकपुरविरुद्ध जित्नैपर्ने दबाब

      यस्तो देखियो सोलुखुम्बु हेलिकप्टर दुर्घटनास्थल

      शोकमा डुब्यो वालिङ

    होमपेज /  मुख्य समाचार

    लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डे नियुक्त 

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक १८, मंगलबार (४८ मिनेट अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २७ पटक पढिएको
  • काठमाडौं । नेपाल सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिव पदमा संरचनागत इन्जिनियर सन्तोष पाण्डेलाई नियुक्त गरेको छ । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको पूर्वाधार विकास, गुरुयोजनाको प्रभावकारी कार्यान्वयन तथा व्यवस्थापकीय पक्षलाई थप सुदृढ बनाउने उद्देश्यसहित सरकारले पाण्डेलाई उक्त जिम्मेवारी सुम्पेको हो ।

    इन्जिनियरिङ क्षेत्रमा एक दशकभन्दा लामो कार्यअनुभव सँगालेका पाण्डे सहरी पूर्वाधार, भवन निर्माणको संरचनागत सुरक्षा, भवन संहिता कार्यान्वयन तथा सार्वजनिक पूर्वाधारको प्राविधिक मूल्याङ्कनमा दक्ष मानिन्छन् । पाण्डेले यसअघि काठमाडौं महानगरपालिकामा सन् २०२२ सेप्टेम्बरदेखि २०२६ जनवरीसम्म संरचनागत इन्जिनियरका रूपमा काम गरेका थिए ।

    महानगरमा रहँदा उनले अग्ला भवनहरूको प्राविधिक मूल्याङ्कन, भवन नक्साको संरचनागत समीक्षा तथा नेपाल राष्ट्रिय भवन संहिताअनुसारका मापदण्ड कडाइका साथ पालना गराउन भूमिका निर्वाह गरेका थिए । त्यसअघि उनले रुपन्देहीको तिलोत्तमा नगरपालिका (सन् २०२०–२०२२) र बुटवल उपमहानगरपालिका (सन् २०१७–२०१९) मा पनि संरचनागत इन्जिनियरका रूपमा सेवा गरेका थिए ।

    स्थानीय तहमा कार्यरत रहँदा भवन निर्माणसम्बन्धी प्राविधिक मापदण्ड परीक्षण, विद्युतीय भवन निर्माण अनुमति प्रणाली (ईबीपीएस) को सुधार, सार्वजनिक पूर्वाधारको प्राविधिक निरीक्षण तथा प्राविधिक जनशक्तिलाई तालिम प्रदान गर्ने कार्यको नेतृत्व उनले गरेका थिए । निजी क्षेत्रतर्फ ‘भिजनरी डिजाइन प्रालि’ मा काम गर्दा उनले विभिन्न स्थानमा पैदलयात्री पुलहरूको संरचनागत डिजाइन तथा विस्तृत प्राविधिक अध्ययन सम्पन्न गरेका थिए । शैक्षिक पृष्ठभूमितर्फ पाण्डेले काठमाडौंस्थित एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टबाट सन् २०११ मा सिभिल इन्जिनियरिङमा स्नातक (बीई) गरेका हुन् । त्यसपछि उनले भारतको विश्वेश्वरैया टेक्नोलोजिकल युनिभर्सिटीबाट सन् २०१६ मा स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर (एमटेक) उपाधि हासिल गरे । उनी सन् २०२४ मा ‘स्ट्रक्चरल इन्जिनियर्स एसोसिएसन नेपाल’ मार्फत नेपाल राष्ट्रिय भवन संहिताको पुनरावलोकन प्रक्रियामा समेत सक्रिय थिए । यसबाहेक उनले सहरी विकास, जीआईएस, स्मार्ट सिटी तथा संरचनागत सुरक्षालगायतका विषयमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम लिएका छन् । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको संरक्षण, सम्पदामैत्री पूर्वाधार विस्तार, निर्माणाधीन आयोजनाको गुणस्तर अनुगमन तथा दीर्घकालीन गुरुयोजना सम्पन्न गर्नुपर्ने दायित्व कोषसामु छ ।

    स्थानीय तह तथा सहरी पूर्वाधार विकासमा लामो प्राविधिक अनुभव भएका युवा इन्जिनियर पाण्डेको नियुक्तिसँगै कोषको भौतिक विकास तथा पूर्वाधार व्यवस्थापन थप व्यवस्थित र परिणाममुखी बन्ने विश्वास लिइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    जेलबाट छुट्दै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी

    २०८३ सालको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे

    नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

    धरानमा हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ

    सर्वोच्च अदालतले भन्योः न्यायपालिकाबारे भ्रामक समाचार नफैलाउनु

    इलाममा सत्याग्रह बसेका डा.केसीको स्वास्थ्य सिथिल बन्दै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जेलबाट छुट्दै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी

    लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डे…

    २०८३ सालको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते…

    रौतहटमा तीनवटा खुट्टा भएकी बालिकाको जन्म, थप उपचारका…

    जेलबाट छुट्दै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी

    लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डे…

    २०८३ सालको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते…

    नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं…

    आर्थिक

    तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

    कामना सेवा फुटसल कपको छैटौँ संस्करण सम्पन्न, पुरुषतर्फ कुमारी र महिलातर्फ लुम्बिनी विकास बैंक विजेता

    नबिल बैंकको खुद नाफा ४५ प्रतिशत बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑