• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक १७, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सर्वोच्च अदालतले भन्योः न्यायपालिकाबारे भ्रामक समाचार नफैलाउनु

      काठमाडौं गोर्खाजको पहिलो जित, कर्णाली याक्स ४ विकेटले पराजित

      नागढुंगा सुरुङमार्ग प्रयोगवापत पहिलो दिनमै ११ लाख ७० हजार संकलन

      एनपीएलको सातौं अर्धशतक राशिदको नाममा

      कामना सेवा फुटसल कपको छैटौँ संस्करण सम्पन्न, पुरुषतर्फ कुमारी र महिलातर्फ लुम्बिनी विकास बैंक विजेता

      मतदाता नामावलीबाट १३ करोड मतदाताको नाम हटाइएको भन्दै दिल्लीमा प्रदर्शन

      पत्रकारमाथिका अपराधमा दण्डहीनता अन्त्य गर्न माग

      तिहारलाई लक्षित गर्दै साढे ६४ करोड रुपैयाँको झिलिमिली बत्ती आयात

      प्रधानमन्त्री बालेनविरुद्ध ‘हाम्रो भोट फिर्ता दे’ भन्दै राँके जुलुस निकालिएको दाबी भ्रामक

      एसियामा इन्धनको मूल्य युद्धअघिको भन्दा दोब्बरले वृद्धि

      एक महिनाभित्र सबै स्थानीय तहबाट जग्गा प्रशासन सेवा सञ्चालन गर्ने सरकारको निर्णय

      अगाडि जाने होडबाजीमा अनुशासन उल्लङ्घन गर्दै सार्वजनिक यातायात

      विपद्का कारण विभिन्न जिल्लाका पाँच स्थानमा सडक अवरुद्ध

      आज पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस

      काठमाडौं उपत्यकामा २४ घण्टामा ३८७ सवारीसाधनमाथि कारबाही

    होमपेज /  मुख्य समाचार

    सर्वोच्च अदालतले भन्योः न्यायपालिकाबारे भ्रामक समाचार नफैलाउनु

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक १७, सोमबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ३ मिनेट
  • २४ पटक पढिएको
  • काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश तथा न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अदालतले तथ्यमा आधारित, निष्पक्ष र स्वतन्त्र ढंगबाट समाचार सम्प्रेषण गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

    सोमबार जारी प्रेस विज्ञप्तिमार्फत सर्वोच्च अदालतले संविधान र कानुनको सर्वोच्चता तथा कानुनको शासनप्रति गम्भीर हुन सबैलाई आग्रह गरेको हो । सार्वजनिक रूपमा प्रकाशित तथा प्रसारित विषयमा पूर्वाग्रहरहित ढंगले छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष सार्वजनिक गर्न सम्बन्धित निकायलाई पनि अदालतले आग्रह गरेको छ ।

    यसविषयमा नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै सर्वोच्च अदालतका सहरजिस्ट्रार तथा प्रवक्ता डा. अशोककुमार क्षेत्रीले पूर्ण बैठकको निर्णयलाई आफूले व्याख्या गर्न नमिल्ने बताएका छन् । ‘निर्णयको व्याख्या गर्ने अधिकार प्रवक्तालाई हुँदैन । भएको बेहोरा मैले पूर्ण बैठकको निर्णयमा जस्ताको तस्तै राखेको छु,‘ उनले भने, ‘पूर्ण बैठकले गरेका निर्णयलाई सकारात्मक रूपमा व्याख्या गर्नुपर्छ भन्ने मलाई लाग्छ ।’

    विज्ञप्तिमा सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारको छानबिन र अनुसन्धान संविधान तथा कानुनबमोजिम गर्नुपर्ने उल्लेख छ । त्यसका लागि सम्बन्धित निकायले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने अदालतको भनाइ छ ।

    न्यायपालिका जनताको आस्था र विश्वासमा अडिएको संस्था भएकाले यससँग सम्बन्धित समाचार प्रकाशन गर्दा आमजनता तथा सेवाग्राहीमा भ्रम र नकारात्मक असर नपर्ने गरी तथ्यमा आधारित निष्कर्ष प्राप्त नभएसम्म कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी समाचार प्रकाशन तथा प्रसारण नगर्न पनि अदालतले आग्रह गरेको छ ।

    प्रेस स्वतन्त्रता र न्यायपालिकाको गरिमाबीच सन्तुलन कायम गर्ने विषयमा अदालतको धारणा सोध्दा प्रवक्ता क्षेत्रीले विज्ञप्तिमा उल्लेख भएको विषय नै आधिकारिक धारणा भएको बताए । उनले पूर्ण बैठकको निर्णयको आशयबारे थप व्याख्या नगर्ने स्पष्ट पारे ।

    अदालतले प्रकाशित तथा प्रसारित समाचारबाट विचलित नभई न्यायिक कार्यमा क्रियाशील रहन देशभरका अदालतमा कार्यरत सम्पूर्ण न्यायाधीशहरूलाई आग्रह गरेको छ । विज्ञप्तिमा २०८३ कात्तिक १६ गते बसेको पूर्ण बैठकको निर्णयको जानकारी गराइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    इलाममा सत्याग्रह बसेका डा.केसीको स्वास्थ्य सिथिल बन्दै

    समाचार कक्षबाट पत्रकार पक्राउप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग

    नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप

    आईजीपी दानबहादुर कार्कीको राजीनामाबारे फैलिएका समाचारप्रति नेपाल प्रहरीको ध्यानाकर्षण

    आफ्नो नाम जोडेर घुससम्बन्धी समाचार प्रकाशित भएपछि प्रधानन्यायाधीश शर्माको आपत्ति

    स्वदेशी फूलको उत्पादन बढाउन सरकार र व्यवसायीबीच सहकार्य आवश्यक : मन्त्री मगर

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सर्वोच्च अदालतले भन्योः न्यायपालिकाबारे भ्रामक समाचार नफैलाउनु

    काठमाडौं गोर्खाजको पहिलो जित, कर्णाली याक्स ४ विकेटले…

    नागढुंगा सुरुङमार्ग प्रयोगवापत पहिलो दिनमै ११ लाख ७०…

    एनपीएलको सातौं अर्धशतक राशिदको नाममा

    सर्वोच्च अदालतले भन्योः न्यायपालिकाबारे भ्रामक समाचार नफैलाउनु

    इलाममा सत्याग्रह बसेका डा.केसीको स्वास्थ्य सिथिल बन्दै

    समाचार कक्षबाट पत्रकार पक्राउप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी…

    नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन्…

    आर्थिक

    कामना सेवा फुटसल कपको छैटौँ संस्करण सम्पन्न, पुरुषतर्फ कुमारी र महिलातर्फ लुम्बिनी विकास बैंक विजेता

    नबिल बैंकको खुद नाफा ४५ प्रतिशत बढ्यो

    लक्ष्मी सनराइज बैंकको नाफा ९६.६ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो ६५ करोडभन्दा बढी

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑