• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १२, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न, ‘हरितक्रान्ति र समृद्धि’लाई राष्ट्रिय अभियान बनाउने निर्णय

      जेन–जी अभियन्ता ढुंगानाको चेतावनीः ‘आन्दोलनको मर्मअनुसार सरकारले काम नगरे विरोधमा उभिन्छौँ’

      शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न अदालतको आदेश

      सुनसरी घटनाप्रति रास्वपाको ध्यानाकर्षण, निष्पक्ष छानबिन र संयमता अपनाउन आग्रह

      सुनसरी घटनाको प्रभाव कोशी–मधेशसम्म, कफ्र्युकाबीच प्रदर्शन

      कर्णालीको मुख्यमन्त्रीमा एमालेको समर्थनमा नेकपाका शाहीले गरे दावी पेस

      गोपालमान श्रेष्ठको निधनले लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति : राष्ट्रपति पौडेल

      वीरगन्जमा निर्माणाधीन पुलको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु

      वीरगन्जमा निर्माणाधीन पुलको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु

      कांग्रेस नेता गोपालमान श्रेष्ठको  निधन

      प्रविधिको दुरुपयोगले मानव बेचबिखनका चुनौती बढायो : हरिवंश

      मानव बेचबिखनको बदलिँदो स्वरूप रोकथाम गर्न सामूहिक प्रयास आवश्यक : आईजीपी कार्की

      माईतीघरमा लघुवित्त पिडितहरुको सामुहिक आमरण अनसन (तस्विरसहित)

      असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १२४५ जनालाई कारबाही

    होमपेज /  आर्थिक

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ २५, बिहिबार (२ हफ्ता अघि)
    अनुमानित पढ्ने समय : ५ मिनेट
  • १७१ पटक पढिएको
  • काठमाडौं । प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित १५ जनाविरुद्ध बैंकिङ कसुरको अभियोगमा उच्च अदालतमा मुद्दा दायर भएको छ। शेल कम्पनी र कृत्रिम व्यवसाय खडा गरी बैंकबाट लिएको ५९ करोड ७७ लाख रुपैयाँभन्दा बढी कर्जा स्वीकृत प्रयोजनभन्दा बाहिर प्रयोग गरेको आरोपमा विशेष सरकारी वकिल कार्यालय, काठमाडौंले उनीहरूविरुद्ध अभियोग दर्ता गरेको हो।

    विशेष सरकारी वकिल कार्यालयका अनुसार प्रतिवादीहरूले प्रभु बैंकबाट विभिन्न परियोजना तथा संस्थाको नाममा कर्जा लिए पनि त्यसलाई स्वीकृत उद्देश्यअनुसार प्रयोग नगरी अन्यत्र लगानी तथा खर्च गरेका थिए। यसरी बैंकको कर्जा दुरुपयोग गरी बैंकिङ प्रणालीलाई नै जोखिममा पार्ने कार्य गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ।

    अभियोगपत्रअनुसार प्रतिवादीहरूविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत मुद्दा दायर गरिएको हो। उनीहरूबाट कुल ५९ करोड ७७ लाख ६ हजार ९ रुपैयाँ ६५ पैसा विगो असुल गरी कानुनबमोजिम सजाय गर्न माग गरिएको छ। प्रतिवादीअनुसार फरक–फरक रूपमा ११ करोडदेखि ४१ करोड रुपैयाँसम्म विगो दाबी गरिएको छ।

    यस प्रकरणमा राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डेलाई पनि प्रतिवादी बनाइएको छ। उनीसँग १६ करोड रुपैयाँ विगो दाबी गरिएको छ। यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरेको थियो।

    मुद्दा दायर गरिएका अन्य प्रतिवादीहरूमा प्रभु बैंकका तत्कालीन नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल, सहायक महाप्रबन्धक ऋवश श्रेष्ठ, चिफ बिजनेस अफिसर रश्मी पन्त, राम जानकी हेल्थ फाउन्डेसनका सञ्चालक समिति सदस्य देव ढुंगाना, पूर्वसञ्चालक हरिमान लामा, पूर्वअध्यक्ष धनबहादुर शेरचन तथा पूर्वसञ्चालकहरू महावीर तामाङ, देवान राई, सुरेशकुमार तिवारी र हरिकृष्ण भट्टचन रहेका छन्।

    त्यसैगरी, सिग्मा आर्किटेक्चर एण्ड इन्जिनियरिङ कन्सल्टेन्टमा कार्यरत मूल्यांकनकर्ता देव ढुंगानाविरुद्ध पनि मुद्दा दायर गरिएको छ। अनुसन्धानका क्रममा कर्जा प्रवाहका लागि तयार पारिएका मूल्यांकन प्रतिवेदन तथा अन्य कागजातमा अनियमितता भएको आशंकाका आधारमा उनीमाथि पनि अभियोग लगाइएको हो।

    यसै प्रकरणमा प्रभु बैंकका तत्कालीन सञ्चालक तथा प्रभु मनि ट्रान्सफरका सञ्चालक देविप्रकाश भट्टचन, सुजिन शाक्यसहित चार जनाविरुद्ध अर्को छुट्टै मुद्दा पनि उच्च अदालतमा दायर गरिएको छ। उनीहरूको संलग्नता फरक प्रकृतिको देखिएकाले अलग अभियोगपत्रमार्फत मुद्दा अघि बढाइएको जनाइएको छ।

    केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले लामो समयसम्म गरेको अनुसन्धानपछि संकलित प्रमाण, कागजात र बयानका आधारमा रायसहितको अनुसन्धान प्रतिवेदन विशेष सरकारी वकिल कार्यालयमा बुझाएको थियो। सोही प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अदालतमा अभियोग दर्ता गरेको हो।

    यदि अदालतले अभियोग पुष्टि गरेको अवस्थामा दोषी ठहर हुने प्रतिवादीहरूले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम विगो भराउने, जरिवाना तथा कैद सजायसमेत भोग्नुपर्ने कानुनी व्यवस्था रहेको छ। यस मुद्दाको सुनुवाइ उच्च अदालतबाट सुरु हुने भएपछि नेपालको बैंकिङ क्षेत्रको चर्चित कर्जा दुरुपयोग प्रकरणमध्ये यो एक महत्वपूर्ण मुद्दाका रूपमा हेरिएको छ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    हिरोको विद्युतीय ब्रान्ड ‘भीआईडिए’को नेपालमा औपचारिक प्रवेशसँगै अन्तर्राष्ट्रिय यात्रा सुरु

    तोलामा ४३ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

    ३३ अंङ्कले घटेर २७०१ विन्दुमा पुग्यो बजार, कारोबार रकम पनि घट्यो

    नेशनल लाईफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य, ३०० भन्दा बढी अभिकर्ताको सहभागिता

    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न, ‘हरितक्रान्ति…

    जेन–जी अभियन्ता ढुंगानाको चेतावनीः ‘आन्दोलनको मर्मअनुसार सरकारले काम…

    शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न अदालतको आदेश

    सुनसरी घटनाप्रति रास्वपाको ध्यानाकर्षण, निष्पक्ष छानबिन र संयमता…

    गोपालमान श्रेष्ठको निधनले लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति :…

    पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट…

    सुनसरी घटबनापछि गृहको कडा कदमः सीडीओसहित सुरक्षा निकायका…

    सांसदलाई स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाऊ…

    आर्थिक

    हिरोको विद्युतीय ब्रान्ड ‘भीआईडिए’को नेपालमा औपचारिक प्रवेशसँगै अन्तर्राष्ट्रिय यात्रा सुरु

    तोलामा ४३ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

    ३३ अंङ्कले घटेर २७०१ विन्दुमा पुग्यो बजार, कारोबार रकम पनि घट्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑