सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले फेसन तथा लाइफस्टाइल ब्रान्डकेटिएम सिटिका १७ वटै आउटलेटमा कपडा तथा पहिरन खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन्।
यससम्बन्धी सम्झौतापत्रमा महालक्ष्मी विकास बैंक र केटिएम सिटि बीच हस्ताक्षर भएको हो। सम्झौताअनुसार बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकले केटिएम सिटिका आउटलेटबाट विभिन्न प्रकारका पहिरन खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्।
केटिएम सिटि नेपालमा स्पोर्ट्सवेयर, ज्याकेटलगायत विभिन्न प्रकारका फेसन तथा पहिरन बिक्री वितरण गर्दै आएको ब्रान्ड हो। ग्राहकको बदलिँदो आवश्यकता र गुणस्तरीय सेवामा जोड दिँदै आएको कम्पनीले यस सहकार्यबाट आफ्ना उत्पादनमा बैंकका ग्राहकलाई विशेष सुविधा उपलब्ध गराउनेछ।
महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्ने तथा विभिन्न सेवा र व्यावसायिक संस्थासँग सहकार्य विस्तार गर्ने उद्देश्यले यस्तो सम्झौता गरेको जनाएको छ।
यसैबीच, बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब पनि सञ्चालनमा ल्याएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा