• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक १, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • उपहार लिनेदिने नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई रास्वपाको निर्देशन

      के तोप र बन्दुकको चर्को आवाजले चराहरूको ज्यानै जानसक्छ ?

      नेपाली फुटबलर विमल घर्ती मगरले लिए सन्न्यास

      १० हजार टन स्याउ उत्पादनको अनुमान, निकासी भने ३० प्रतिशतमा सीमित

      मटिहानीमा फुलपातीको रौनक, महासप्तमीदेखि दुर्गा पूजा आरम्भ

      दशैँमा सर्वाधिक गुञ्जिने सात गीत

      छलफलपछि किशोर श्रेष्ठ घर फर्किए, हिमेश पन्त प्रेस काउन्सिल जाने

      हनुमानढोकाको दसैँघरमा फूलपाती भित्र्याइयो

      टुँडिखेलमा सम्पन्न भयो फूलपाती बढाइँ समारोह, राष्ट्रपति र प्रधानमन्त्री सहभागी

      मेक्सिकोमा नेपाली श्रमिकहरुको मुद्दाबारे वहस, विपत्ति र सरकारी नीतिबाट प्रताडित भएको आवाज

      भुटनदेवी मन्दिरमा सलामीसहित भित्र्याइयो फूलपाती

      के तोप र बन्दुकको चर्को आवाजले चराहरूको ज्यानै जानसक्छ ?

      हेटौँडामा ट्राफिक अस्तव्यस्तता : व्यवस्थापनको जिम्मेवारी कसको ?

      चाडपर्वमा शुभकामना आदानप्रदान गर्दा उपहार, नगद र सुविधा नलिन–नदिन रास्वपाको अपिल

      प्रधानमन्त्री बालेनले दशैंको शुभकामना दिदैँ भने– विपद्को शोक र परदेशिनुपर्ने बाध्यताबीच आपसी एकता बलियो बनाऔँ

    होमपेज /  मुख्य समाचार

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ चैत्र १३, शुक्रबार (६ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ५०९ पटक पढिएको
  • प्रमिला कार्की/काठमाडौं । र्यापर, इञ्जिनियर र समाजसेवी बालेन शाह(बालेन्द्र) नेपालको ४३औं प्रधानमन्त्री बनेका छन् । उनका लागि यो यात्रा केवल राजनीतिक पदमात्रै होइन, आन्दोलन, संघर्ष र परिवर्तनको कथापनि हो ।

    नेपाली राजनीतिक नेतृत्वमा बालेन शाहको नाम युवाप्रेमी र नवप्रवर्तनकारी सोचका प्रतिनिधिका रुपमा लिइने गरिन्छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सामाजिक संजालमार्फत अभिव्यक्ति दिएका कारण उनी आलोचित बनेका थिए । त्यसक्रममा उनलाई केही नेताहरुले ‘लुसिफर’को संज्ञासमेत दिएका थिए ।

    र्यापर, इञ्जिनियर, सामाजिक सञ्जालको प्रभावशाली प्रयोगकर्ता र युवाहरुको रोजाइमा परेका बालेनले काठमाडौं महानगरपालिका मेयर पद पूरा नगरी राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ उपाध्यक्ष बनेका थिए ।
    काठमाडौंको भीडभाड, अव्यवस्था सडक र परम्परागत राजनीतिक प्रणालीका कारण निराश भएका नागरिकहरुलाई सुधारका लोकप्रिय कामहरु गरेर चर्चा कमाएका उनी मेयर पदमा स्वतन्त्र उम्मेदवारका रुपमा सार्वजनिक हुँदामात्र उनका बारेमा धेरैले चासो राखेका थिए ।

    ०७९ सालको स्थानीय तह निर्वाचनमा शाहले स्वतन्त्र उम्मेदवारी दर्ता गरेर काठमाडौं महानगरपालिकामा मेयरको रूपमा विजयी हुँदा प्रमुख एजेन्डाहरूमा भ्रष्टाचार विरोध, पारदर्शिता, पूर्वाधार सुधार, स्मार्ट सिटी योजना, सडक व्यवस्थापन र सार्वजनिक स्थानको सुन्दरता थिए । उनका अभियानहरूले युवाहरूमाझ ठूलो समर्थन पायो र उनलाई मेयर पदमा विजय हुन सहयोग पुर्याएको थियो ।

    शाहको जन्म काठमाडौँमा मधेशी साहु तेलीको परिवारमा भएको थियो । उनी २०४७ बैशाख १४ मा जन्मिएका हुन् । बालेनको पुख्र्यौली घर महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा पर्दछ । काठमाडौंको नरदेवीमा बुवा डा.रामनारायण शाह र आमा ध्रुव्रादेवी शाहको कोखबाट जन्मिएका बालेनका एक दाजु र एक बहिनी छन् । नर्स तथा मोडेल सविना काफ्लेसँग विवाह गरेका बालेनकी एक छोरी छन् ।

    उनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटकमा स्थित विश्वेश्वरय्या प्राविधिक विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् ।

    २०७२ सालको महाभूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको रूपमा पनि आफूलाई स्थापित गरेका थिए ।

    उनी सिभिल इञ्जिनियरिङमा शिक्षित छन् । युवादेखि नै उनी सिर्जनात्मक काममा संलग्न थिए । संगीतमा रुची राख्ने शाह र्याप कलाकारका रूपमा पनि परिचित छन् ।

    उनले आफ्नो पहिलो गीत ‘सडक बालक’ ०६९ मा गाएका थिए र यो गीत उनले कक्षा ९ मा हुँदा लेखेका थिए । उनको ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ गीत पछिल्लो निर्वाचनमा सबैभन्दा धेरै चर्चामा आएको थियो । ‘गरिबीको चमेली, बोल्दिने कोही छैन’ भन्ने गीतसमेत चर्चित छन् । बिहीबार प्रतिनिधि सभाको शपथ लगत्तै उनको ‘जय महाकाली’ बोलको गीत सार्वजनिक भएको थियो ।

    सामाजिक सञ्जालमार्फत उनले आफ्नो विचार र सृजनाहरु साझा गर्दै नयाँ पुस्तासँग निरन्तर संवाद गर्दै आएका छन् ।

    उनको मेयर पदको कार्यकालका दौरान काठमाडौं महानगरपालिकाले सडक सुधार, सार्वजनिक पार्क र खुला स्थानको सुन्दरता, डिजिटल सेवा विस्तार र नागरिक सहभागितामा सुधार जस्ता परियोजनाहरू अघि बढाइएको छ ।

    शाहले सिधा संवाद र जवाफदेहीतालाई प्राथमिकता दिए, जसले नागरिकहरूमा उनीप्रतिको भरोसा बढाएको छ । उनको नेतृत्व शैलीले देखाएको छ कि नयाँ सोच, पारदर्शिता र जनसहभागिताले राजनीतिमा पनि प्रभावकारी परिवर्तन ल्याउनसक्छ ।

    उनी नेपाली युवाप्रतिको विश्वास र आशाको प्रतीक बन्न पुगेका छन् र उनका कदमहरूले देशको राजनीति र सामाजिक विकासमा नयाँ दिशा देखाउने सम्भावना रहेको अनुमान गरिन्छ । जोखिम मोलेर अघि बढ्न सक्ने क्षमताका कारण पनि उनको लोकप्रियता चुलिएको थियो ।

    युवा वर्गमा लोकप्रिय शाहले आफ्नो अभियानमा पारदर्शिता, जवाफदेहिता र नवप्रवर्तनलाई जोड दिएका छन् । उनी संगीतकार र इञ्जिनियर पनि हुन्, जसले आफ्नो बहुआयामिक व्यक्तित्वका कारण सामाजिक र राजनीतिक क्षेत्रमा द्रुत प्रभाव छाडेका छन् ।

    बालेनको राजनीतिमा प्रवेश मात्र अचानक थिएन, उनी जेनजी आन्दोलनका सक्रिय अभियन्ता थिए, जसले नवयुवाहरूको अधिकार, पारदर्शिता र भ्रष्टाचारविरुद्ध आवाज उठायो । आन्दोलनले उनलाई देशभर परिचित बनायो र युवाप्रतिको विश्वास बढाएको थियो । अन्तर्मुखी र कूटनीतिक स्वभाव, व्यवस्थापनमा अब्बल, नयाँ नयाँ रणनीतिमा रमाउने स्वभावका उनका सार्वजनिक भाषणहरु थोरै समयका मात्र हुने गरेका छन् ।

    जनताको सेवा र नवप्रवर्तनलाई राजनीति भन्दामाथि राख्ने आफ्नो दृष्टिकोणका कारण उनले मेयर पदबाट राजीनामा दिएको चर्चा गरिएको थियो । कम बोल्ने कडा प्रशासकको परिचय बनाएका बालेन आगामी कार्यकाल कस्तो रहन्छ हेर्न बाँकी छ ।

    त्यसपछि उनले राष्ट्रिय राजनीतिका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसदको उम्मेदवारी दिएर देश दौडाहमा निस्किएका थिए । उनको लोकप्रियता र स्पष्ट दृष्टिकोणका कारण उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै सांसद पदमा विजयी भएका हुन् ।

    फागुन २१ गते मतदाताले रास्वपालाई १८२ सिटसहित देशको ठुलो राजनीतिक दल बनाएपछि बालेन एकल बहुमतसहितको शक्तिशाली प्रधानमन्त्रीको कुर्सी सम्हाल्न पुगेका छन् । शुक्रबार राम नवमीको अवसर पारेर शुभ साइतमा शाहले नेपालको प्रधानमन्त्रीको कुर्सी सम्हालेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    छलफलपछि किशोर श्रेष्ठ घर फर्किए, हिमेश पन्त प्रेस काउन्सिल जाने

    प्रधानमन्त्री बालेनले दशैंको शुभकामना दिदैँ भने– विपद्को शोक र परदेशिनुपर्ने बाध्यताबीच आपसी एकता बलियो बनाऔँ

    मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत

    काठमाडौं महानगरले ल्यायो बाइक एम्बुलेन्स सेवा सञ्चालनमा

    जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न डा। कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह

    यात्रुलाई बासी खाना खुवाएर बिरामी परे होटल सञ्चालकसँगै चालकलाई पनि कारबाही

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    उपहार लिनेदिने नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई रास्वपाको…

    के तोप र बन्दुकको चर्को आवाजले चराहरूको ज्यानै…

    नेपाली फुटबलर विमल घर्ती मगरले लिए सन्न्यास

    १० हजार टन स्याउ उत्पादनको अनुमान, निकासी भने…

    छलफलपछि किशोर श्रेष्ठ घर फर्किए, हिमेश पन्त प्रेस…

    प्रधानमन्त्री बालेनले दशैंको शुभकामना दिदैँ भने– विपद्को शोक…

    मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक…

    काठमाडौं महानगरले ल्यायो बाइक एम्बुलेन्स सेवा सञ्चालनमा

    आर्थिक

    दशैंतिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात, अभाव नहुने खाद्य कम्पनीको दाबी

    लगातार पाँचौँ दिन पनि बढ्यो नेप्से, २६२१ विन्दुमा बजार

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटिएम सिटिमा १० प्रतिशतसम्म छुट

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑