सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । यस वर्षको मनसुन नेपालका सबै भूभागबाट बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाले असोज २८ गते मंगलबार बुलेटिन जारी गर्दै यस वर्षको मनसुन देशभरबाट बाहिरिएको जानकारी दिएको हो।
महाशाखाका अनुसार यसअघि असोज १७ गते सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भूभागका केही स्थान तथा गण्डकी प्रदेशको पश्चिमी भूभागका केही स्थानबाट मनसुन बाहिरिएको थियो। त्यसपछि क्रमशः अन्य भूभागबाट पनि मनसुन बाहिरिँदै मंगलबार देशभरबाट पूर्ण रूपमा बाहिरिएको हो।
नेपालमा सामान्यतया जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ मा बाहिरिने गर्छ। तर यस वर्ष जुन १९ अर्थात् असार ५ गते मनसुन नेपाल प्रवेश गरेको थियो। यस वर्ष मनसुन औसत बहिर्गमन मितिभन्दा १२ दिन ढिला गरी बाहिरिएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार यस वर्षको मनसुन अवधिमा देशभर औसतको आसपासमा वर्षा भएको छ। मनसुन बाहिरिए पनि स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण विभिन्न स्थानमा वर्षा हुन सक्ने सम्भावना रहेको छ।
मनसुन बाहिरिनुलाई वर्षा पूर्ण रूपमा समाप्त भएको अर्थमा लिन नहुने भएकाले मौसमको अवस्था र विभागले जारी गर्ने पूर्वानुमान तथा सूचनामा ध्यान दिन महाशाखाले जनाएको छ।

काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा