सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार घट्ने क्रम जारी छ। पछिल्लो तीन दिनमा सुनको भाउ तोलामा ७ हजार रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले घटेर २ लाख ८९ हजार ५०० रुपैयाँ कायम भएको छ। सोमबार सुन तोलामा २ हजार १०० रुपैयाँ र मंगलबार २ हजार २०० रुपैयाँले घटेको थियो।
आइतबार भने सुनको मूल्य ८०० रुपैयाँले बढेर तोलाको २ लाख ९६ हजार ५०० रुपैयाँ पुगेको थियो।
यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा १०० रुपैयाँले घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ४ हजार २५५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा