सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहभागी हुने भएका छन्।
सोमबार काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उद्घाटन समारोहमा प्रधानमन्त्री शाह सहभागी हुने भएका हुन्।
एनपीएल आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा बेलुका ५ बजे साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत प्रतियोगिताको सफलताको शुभकामना दिँदै एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताका रूपमा उल्लेख गरेका छन्।
उनले लेखेका छन्, “नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता, नेपाल प्रिमियर लिग आजबाट सुरु हुँदै छ र यो केही वर्षमै एक ठूलो खेलकुद प्रतियोगितामा परिणत भएको छ। लिगमा सामेल हुने सबै अन्तर्राष्ट्रिय खेलाडीहरू, कमेन्टेटरहरूलाई हार्दिक स्वागत छ र यस सुन्दर कार्यक्रमको लागि सबै नेपाली खेलाडीहरू, आयोजकहरू र क्यानलाई शुभकामना। नेपाली क्रिकेट अमर रहोस्।”
एनपीएलले नेपाली क्रिकेटको विकास, खेलाडीको क्षमता अभिवृद्धि र अन्तर्राष्ट्रिय स्तरमा नेपालको क्रिकेट पहिचान विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा