सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । दसैं बिदापछि आइतबार खुलेको सुनचाँदी बजारमा दुवै धातुको मूल्यमा गिरावट आएको छ। सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २३० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ९५५ रुपैयाँ निर्धारण गरिएको छ।
यसअघि गत कात्तिक २ गते सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ र चाँदी ४ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो।
दसैं बिदापछि बजार खुल्दा सुनचाँदीको मूल्य घटेसँगै उपभोक्ताले केही राहत महसुस गर्न सक्ने देखिएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा