• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक ८, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • पूराना दल र नेताहरुले केही गरेनन् भन्ने भाष्य तोड्न जरुरी छ : माधव नेपाल

      होर्मुज जलडमरूमा विशाल तेलवाहक जहाज बारुदी सुरुङमा ठोक्किएर विस्फोट

      उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

      पर्सा प्रहरीद्वारा नकली घुमुवा पक्राउ

      अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल

      मौलिक परम्परागत लिङ्गे पिङ लोप हुँदै 

      पाकिस्तानका कप्तान फरहान नेपाल आइपुगे

      रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

      २४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

      वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

      यू–१९ एसिया कपः नेपालको प्रारम्भिक टोली घोषणा

      फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

      बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने

      कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल 

      रवि लामिछानेले बालेन शाहलाई स्थानीय तहको निर्वाचनसम्म मात्रै उपयोग गर्न खोज्दैछन् : प्रभु साह

    होमपेज /  राजनीती

    पूराना दल र नेताहरुले केही गरेनन् भन्ने भाष्य तोड्न जरुरी छ : माधव नेपाल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक ८, शनिबार (५४ मिनेट अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १२ पटक पढिएको
  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिलाई स्वार्थीहरूको खेल र पुराना दलले देशमा केही गरेनन् भनी फैलाइएको गलत भाष्यलाई तथ्य र प्रमाणका आधारमा चिर्नुपर्ने बताएका छन् ।

    पार्टीको ‘राष्ट्रिय जागरण अभियान’ उद्घाटन गर्दै शनिबार नेता नेपालले २०४७ साल यता वामपन्थी र कम्युनिस्ट नेतृत्वका सरकारहरूले देश र जनताका पक्षमा गरेका कामहरूको विस्तृत विवरणसहित जनतामाझ प्रकाशन गर्ने घोषणा समेत गरे ।

    पछिल्लो समय राजनीतिमा गलत कुराहरू धेरै प्रचारित भइरहेको र निजी स्वार्थ पूरा गर्ने माध्यमका रूपमा व्याख्या गरिएको उनले बताए । साथै, उनले शहीद र योद्धाहरूले व्यक्तिगत स्वार्थका लागि नभई देशको प्रतिष्ठा उठाउन, जनताका पीडा सम्बोधन गर्न र विभेदमुक्त सुन्दर समाज निर्माणका लागि जीवन समर्पण गरेको स्मरण गराए ।

    पुराना पार्टी र नेताहरूले देशमा केही पनि गरेनन् भनी निर्माण गरिएको भाष्यप्रति लक्षित गर्दै उनले मनोगत ढङ्गले आरोप लगाउनुको सट्टा तथ्य र प्रमाणमा बहस हुनुपर्नेमा जोड दिए ।

    काम गर्ने क्रममा भएका कमी–कमजोरीको दलहरूले समीक्षा गर्नुपर्ने तर राम्रो कामको जस नदिने र अपजस मात्रै थोपर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको भनाइ थियो ।

    ‘एउटा भाष्य के छ भने, यी पुराना पार्टीहरूले केही पनि गरेनन्, यी पुराना नेताहरूले केही पनि गरेनन्, देशमा केही पनि भएन । त्यो भाष्य कति सही हो, कति गलत हो—यो मनोगत ढङ्गले आरोप लगाएर हुँदैन, तथ्यगत रूपमा पुष्टि गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘विभिन्न समयमा सरकारमा हामीले पनि जिम्मेवारी सम्हालेका हौँ । हाम्रै पार्टीको तर्फबाट कमरेड प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुनुभयो, म आफैंले पनि त्यसपश्चात प्रधानमन्त्री भएर देश हाँक्ने जिम्मेवारी पाएँ । संघ, प्रदेश र पालिकासम्म हाम्रा नेता–कार्यकर्ताले जिम्मेवारी सम्हालेर गरेका कामहरूको विवरण हामी छिट्टै प्रकाशित गर्नेछौँ । ०४७ सालयता कम्युनिस्टहरूले के–के जिम्मेवारी पूरा गरे भन्ने प्रश्नको जवाफ सिधै देख्न सकिने गरी ल्याउँछौँ । आज गरिएका जोखिमपूर्ण र राम्रा कामहरूलाई ढाकछोप गर्ने, चर्चा र जस दिन नचाहने तर अपजस मात्रै अरूको थाप्लोमा पार्ने प्रवृत्ति व्याप्त छ ।’

    उनले राष्ट्रिय हित र देशको स्वाभिमानमाथि आँच पुर्याउने कुनै पनि कार्य पार्टीका लागि स्वीकार्य नहुने स्पष्ट पारे । राष्ट्रियताको मुद्दालाई सर्वोच्च प्राथमिकतामा राखेर जनतामा चेतना र जागरण फैलाउनकै लागि पार्टीले यो अभियान सुरु गरेको उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    रवि लामिछानेले बालेन शाहलाई स्थानीय तहको निर्वाचनसम्म मात्रै उपयोग गर्न खोज्दैछन् : प्रभु साह

    साउदीमा ड्रोन आक्रमण : नेपाली नागरिकहरुको सुरक्षामा ध्यान दिन कांग्रेसको माग

    जलवायु सङ्कटसँग जुध्न विश्वव्यापी सहकार्यका लागि सांसद राणाले गरिन् आह्वान

    २४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ जनाको मृत्यु, १९६ जना घाइते

    राष्ट्रपति पौडेलद्वारा महाअष्टमीका दिन भद्रकाली मन्दिरमा दर्शन

    आनी छोइङ डोल्माको नियुक्ति बदर नगरे कर्तिक ९ गतेदेखि आन्दोलन 

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूराना दल र नेताहरुले केही गरेनन् भन्ने भाष्य…

    होर्मुज जलडमरूमा विशाल तेलवाहक जहाज बारुदी सुरुङमा ठोक्किएर…

    उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

    पर्सा प्रहरीद्वारा नकली घुमुवा पक्राउ

    हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

    ‘शरद भवन’ मा सशस्त्र प्रहरी बलको टीका 

    बिर्तामोडमा बडी ग्यारेजमा आगलागी हुँदा एक जनाको जलेर…

    टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

    आर्थिक

    दशैंतिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात, अभाव नहुने खाद्य कम्पनीको दाबी

    लगातार पाँचौँ दिन पनि बढ्यो नेप्से, २६२१ विन्दुमा बजार

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटिएम सिटिमा १० प्रतिशतसम्म छुट

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑