• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक ३, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • अछामको मार्कुमा बज्रयोगिनी माताको पूजामा सयौँ राँगाको बलि

      मुस्ताङ मार्ग हुँदै ३५ करोड बढीका भेडाच्याङ्ग्रा निकासी

      फ्रान्समा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप, २ हजार बढी पक्राउ 

      जनकपुरधामको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान

      डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

      भक्तपुर–बनेपा–पाँचखाल प्रसारण लाइन प्रभावित हुने, डेढ घण्टा विद्युत् अवरुद्ध

      जलवायु सङ्कटसँग जुध्न विश्वव्यापी सहकार्यका लागि सांसद राणाले गरिन् आह्वान

      जुम्लामा पाइप बम विस्फोट, एक बालक गम्भीर घाइते, एकजनालाई सामान्य चोट

      वडादशैंका लागि सशस्त्र प्रहरीद्वारा १२४ वटा पिङ निर्माणमा सहयोग

      डिगोमा अब नेपाली फिल्मसँगै जिओहटस्टारका फिल्म तथा सिरिजहरू 

      नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य

      २४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ जनाको मृत्यु, १९६ जना घाइते

      राष्ट्रपति पौडेलद्वारा महाअष्टमीका दिन भद्रकाली मन्दिरमा दर्शन

      चीनमा विवाह गर्न अलग्गै गन्तब्य, आकर्षित हुँदैछन् जोडीहरू

      आनी छोइङ डोल्माको नियुक्ति बदर नगरे कर्तिक ९ गतेदेखि आन्दोलन 

    होमपेज /  राजनीती

    जलवायु सङ्कटसँग जुध्न विश्वव्यापी सहकार्यका लागि सांसद राणाले गरिन् आह्वान

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक ३, सोमबार (८ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २१ पटक पढिएको
  • नेपालको पुनर्निर्माण अभियानलाई सघाउन लन्डनमा अन्तर्राष्ट्रिय सम्मेलन गर्न सांसद राणाको आग्रह

    लन्डन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विदुषी राणाले नेपालले भोगिरहेको जलवायु सङ्कट र प्राकृतिक विपद्का असर न्यूनीकरण गर्न थप सहयोग गर्न अन्तरराष्ट्रिय समुदायलाई आग्रह गरेकी छिन्।

    नेपाल न्युज बैंकसँग कुरा गर्दै हालै बेलायतको भ्रमण सकेर काठमाडौँ फर्किएकी सांसद राणाले  बाढीपहिरोका कारण भएको जनधनको ठूलो क्षति पछि पुनःस्थापना र पुनर्निर्माणका लागि नेपाललाई व्यापक अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताइन्।

    राणाले हालै लन्डन भ्रमणका क्रममा बेलायती संसद्का सदस्यहरू, हाउस अफ कमन्सका सभामुख, हाउस अफ लड्र्सका सदस्यहरू तथा अन्य विशिष्ट व्यक्तित्वहरूसँग भेटवार्ता गरेकी थिइन्।

    ती भेटमा नेपालको विपद्, जलवायु न्याय, अन्तरराष्ट्रिय सहकार्य, पुनर्निर्माण तथा भूतपूर्व गोर्खा सैनिकका पेन्सन र सुविधासम्बन्धी विषयमा छलफल भएको उनले जानकारी दिइन्।

    पुनःस्थापनाका लागि ४.७४ अर्ब डलर आवश्यक पर्ने अनुमान

    सांसद राणाका अनुसार नेपालको विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका लागि प्रारम्भिक आकलनअनुसार करिब ४ अर्ब ७४ करोड अमेरिकी डलर आवश्यक पर्न सक्छ, जुन नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशत बराबर हो।

    यति ठूलो आर्थिक भार नेपालले एक्लै धान्न नसक्ने भन्दै उनले अन्तरराष्ट्रिय दातृ निकाय, बहुपक्षीय विकास बैंक, संयुक्त राष्ट्रसंघीय निकाय, परोपकारी संस्था तथा निजी क्षेत्रलाई एकै ठाउँमा ल्याएर सहयोग परिचालन गर्न सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताइन्।

    बेलायतले नेपाललाई पाँच मिलियन पाउन्ड सहयोग घोषणा गरिसकेको उल्लेख गर्दै उनले त्यसलाई थप व्यापक अन्तरराष्ट्रिय सहयोग जुटाउने आधारका रूपमा उपयोग गर्नुपर्ने धारणा राखिन्।

    उनले विनाशकारी बाढीपहिरोबाट प्रभावित समुदायको पुनःस्थापना र पुनर्निर्माणका लागि लन्डनमा अन्तरराष्ट्रिय सम्मेलन आयोजना गर्न ब्रिटिश सरकारलाई आग्रह पनि गरिन्।

    ‘लन्डनमा आयोजना हुने सम्मेलनले पुनर्निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउन, प्राथमिकता निर्धारण गर्न र दीर्घकालीन साझेदारी निर्माण गर्न सहयोग पु¥याउन सक्छ,’ राणाले भनिन्।

    उनले सन् २०१५ को भूकम्पपछि नेपाललाई सहयोग जुटाउन आयोजित अन्तरराष्ट्रिय सम्मेलनबाट पनि महत्त्वपूर्ण पाठ सिक्न सकिने बताइन्।

    नेपालको पुनःस्थापनाका लागि सहयोग उपलब्ध गराउँदा थप ऋणको सट्टा अनुदानलाई प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिइन्। जलवायु सङ्कटमा नेपालको योगदान न्यून भए पनि त्यसको गम्भीर असर देशले भोगिरहेको भन्दै विपद्बाट भएको क्षति सम्बोधन गर्न नेपालले थप ऋण लिनुपर्ने अवस्था उचित नहुने उनको भनाइ थियो।

    उनले नेपालको जलविद्युत् पूर्वाधार पुनःस्थापना गर्न लगानीको प्रत्याभूति, बीमा सुविधा र निजी क्षेत्रको सहभागिता बढाउन बेलायतले सहयोग गर्न सक्ने बताइन्। जलवायु वित्त तथा क्षति र नोक्सानीसम्बन्धी अन्तरराष्ट्रिय कोषमा नेपालको पहुँच सहज बनाउन पनि उनले आग्रह गरिन्।

    हिमालय क्षेत्रमा जलवायु उत्थानशीलता संयन्त्र आवश्यक

    प्रधानमन्त्री बालेन्द्र शाहले हालै संयुक्त राष्ट्रसंघको महासभामा बाढीपहिरोको घटनालाई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत गरेको सन्दर्भमा राणाले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमसँग जुध्न विश्वव्यापी सहकार्य अपरिहार्य भएको बताइन्।

    उनका अनुसार जलवायुजन्य विपद् कुनै एक देशको सीमाभित्र सीमित हुँदैन। हिमालमा हुने वातावरणीय परिवर्तन, हिमनदी पग्लिने क्रम तथा बाढीपहिरोका असरले सीमापारिसम्म क्षति पु¥याउन सक्छन्।

    प्रधानमन्त्री शाह ले प्रस्ताव गरेको हिमालय जलवायु उत्थानशीलता संयन्त्र (हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम) लाई महत्त्वपूर्ण पहलका रूपमा व्याख्या गर्दै उनले नेपाल, भारत र चीनसहित अन्य पर्वतीय मुलुकबीच सहकार्य बढाउनुपर्ने बताइन्।

    प्रस्तावित संयन्त्रले वैज्ञानिक ज्ञान आदानप्रदान, वातावरणीय परिवर्तनको अनुगमन, पूर्वसूचना प्रणालीको विकास तथा विपद् पूर्वतयारीमा सहयोग गर्न सक्ने उनको भनाइ छ।

    ‘हिमनदी, बाढी र अन्य जलवायुजन्य जोखिमले भिसा पर्खादैनन् । यस्ता विपद्ले भौगोलिक सीमाको ख्याल गर्दैनन्,’ राणाले भनिन्, ‘त्यसैले छिमेकी देशबीच सूचना आदानप्रदान, विश्वास निर्माण र वैज्ञानिक सहकार्य आवश्यक छ।’

    उनले जापानमा भूकम्पको जोखिम उच्च भए पनि पूर्वतयारी, जनचेतना र व्यवस्थित प्रतिकार्य प्रणालीमा गरिएको लगानीले जनधनको क्षति कम गर्न सहयोग पु¥याएको उदाहरण प्रस्तुत गरिन्।

    जलवायु परिवर्तनबारे विश्वव्यापी चेतना बढे पनि त्यसअनुरूप राजनीतिक प्रतिबद्धता र कार्यान्वयन पर्याप्त नभएको उनको टिप्पणी थियो। अब सहानुभूति र प्रतिबद्धतामा मात्र सीमित नभई जोखिममा रहेका समुदायको सुरक्षा तथा उत्थानशीलता बढाउने ठोस कार्यक्रम कार्यान्वयन गर्नुपर्ने उनले बताइन्।

    जलवायु न्यायलाई कूटनीतिक प्राथमिकता बनाउनुपर्ने

    विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान न्यून भए पनि जलवायु परिवर्तनका गम्भीर असर भोग्नुपरेको उल्लेख गर्दै राणाले जलवायु न्यायलाई नेपालको अन्तरराष्ट्रिय कूटनीतिको प्रमुख विषय बनाउनुपर्ने बताइन्।

    उनले विपद्पछिको आवश्यकता आकलन (पीडीएनए) बाट प्राप्त हुने तथ्याङ्कले क्षतिको वास्तविक अवस्था र पुनर्निर्माणका लागि आवश्यक स्रोत पहिचान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्।

    नेपालले पर्वतीय मुलुक, साना टापु राष्ट्र तथा भूपरिवेष्टित अल्पविकसित मुलुकसँग सहकार्य गरेर अन्तरराष्ट्रिय मञ्चमा साझा आवाज उठाउनुपर्ने उनको भनाइ छ।

    प्रधानमन्त्री बालेन्द्र शाहले अघि सारेका राहत, पुनःस्थापना, पुनर्निर्माण, जिम्मेवारी, स्वदेश फिर्ती र उत्थानशीलतासम्बन्धी छवटा प्राथमिकतालाई कार्यान्वयनमा लैजानुपर्ने पनि उनले बताइन्।

    राणाका अनुसार नेपालको झन्डै आधा भूभाग वन क्षेत्रले ओगटेको छ भने जलविद्युत्जस्ता स्वच्छ ऊर्जाको विकासमा पनि देशले जोड दिँदै आएको छ। यी प्रयासले नेपाल वातावरण संरक्षणप्रति प्रतिबद्ध रहेको देखाउने भए पनि जलवायु सङ्कट समाधान गर्न राष्ट्रिय प्रयास मात्र पर्याप्त नहुने उनले स्पष्ट पारिन्।

    ऐतिहासिक रूपमा बढी हरितगृह ग्यास उत्सर्जन गरेका र आर्थिक क्षमता भएका मुलुकले जलवायु परिवर्तनबाट बढी प्रभावित देशलाई अनुकूलन, पूर्वतयारी र पुनःस्थापनामा सहयोग गर्नुपर्ने उनको भनाइ छ।

    भूतपूर्व गोर्खाको पेन्सन समस्या न्यायपूर्ण रूपमा समाधान गर्न आग्रह

    सांसद राणाले ब्रिटिश सेनामा सेवा गरेका भूतपूर्व गोर्खा सैनिकको पेन्सन तथा सुविधासम्बन्धी समस्या न्यायपूर्ण रूपमा समाधान गर्न बेलायत सरकारसँग आग्रह गरिन्।

    दुई सय वर्षभन्दा बढी समयदेखि बेलायतको सेवामा रहेका गोर्खा सैनिकको योगदान, साहस र बलिदानको सम्मान व्यवहारमा पनि देखिनुपर्ने उनको भनाइ थियो।

    सन् १९९७ अघि सेवा गरेका धेरै गोर्खा सैनिकले बेलायती सैनिकसरह पेन्सन तथा पारिश्रमिकसम्बन्धी सुविधा नपाएको भन्दै लामो समयदेखि समानताको माग गर्दै आएका छन्। यस विषयलाई कानुनी वा प्रशासनिक प्रश्नका रूपमा मात्र नभई न्याय र नैतिक जिम्मेवारीका रूपमा हेरिनुपर्ने राणाले बताइन्।

    ‘गोर्खा सैनिक र उनीहरूका परिवारले न्यायपूर्ण समाधान पाउनुपर्छ। अनावश्यक ढिलाइ नगरी नेपाल र बेलायत सरकारले व्यावहारिक निष्कर्षमा पुग्ने आशा गरेकी छु, उनले भनिन्।

    पेन्सन व्यवस्थामा परिवर्तन गर्न कठिनाइ भए स्वास्थ्य सेवा, कल्याणकारी सुविधा वा एकमुष्ट सम्मान रकमजस्ता वैकल्पिक उपायबारे पनि विचार गर्नुपर्ने उनको सुझाव छ।

    गोर्खा सैनिकले बेलायतका लागि पु¥याएको असाधारण योगदानको स्थायी सम्मान हुनुपर्ने उल्लेख गर्दै उनले दुई देशबीचको ऐतिहासिक मित्रताअनुरूप पेन्सन तथा सुविधाको समस्या शीघ्र समाधान गर्न पनि आग्रह गरिन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    २४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ जनाको मृत्यु, १९६ जना घाइते

    राष्ट्रपति पौडेलद्वारा महाअष्टमीका दिन भद्रकाली मन्दिरमा दर्शन

    आनी छोइङ डोल्माको नियुक्ति बदर नगरे कर्तिक ९ गतेदेखि आन्दोलन 

    कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्रम नहुने

    उपहार लिनेदिने नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई रास्वपाको निर्देशन

    कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिदैँ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अछामको मार्कुमा बज्रयोगिनी माताको पूजामा सयौँ राँगाको बलि

    मुस्ताङ मार्ग हुँदै ३५ करोड बढीका भेडाच्याङ्ग्रा निकासी

    फ्रान्समा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप, २ हजार बढी…

    जनकपुरधामको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि…

    छलफलपछि किशोर श्रेष्ठ घर फर्किए, हिमेश पन्त प्रेस…

    प्रधानमन्त्री बालेनले दशैंको शुभकामना दिदैँ भने– विपद्को शोक…

    मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक…

    काठमाडौं महानगरले ल्यायो बाइक एम्बुलेन्स सेवा सञ्चालनमा

    आर्थिक

    दशैंतिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात, अभाव नहुने खाद्य कम्पनीको दाबी

    लगातार पाँचौँ दिन पनि बढ्यो नेप्से, २६२१ विन्दुमा बजार

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटिएम सिटिमा १० प्रतिशतसम्म छुट

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑