सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा उपहार लिनेदिने नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यले शनिबार शुभकामना सन्देश जारी गर्दै चाडपर्वमा उपहार आदानप्रदान नगर्न आग्रह गरेका हुन्।
उनले पार्टीले स्थापनाकालदेखि नै चाडपर्वका अवसरमा उपहार आदानप्रदान गर्ने प्रचलनलाई निरुत्साहित गर्दै आएको बताएका छन्।
‘राजनीतिमा नागरिकको सद्भाव, आशीर्वाद र विश्वास नै सबैभन्दा ठूलो उपहार हो,’ आचार्यले सन्देशमा भनेका छन्।
चाडपर्वको मूल सन्देश निःस्वार्थ प्रेम, सद्भाव र आत्मीयता भएको उल्लेख गर्दै उनले सुसंस्कृत राजनीतिक संस्कार निर्माणका लागि सबैको साथ र सहयोगको अपेक्षा गरेका छन्।
साथै, महामन्त्री आचार्यले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई चाडपर्वको शुभकामना व्यक्त गरेका छन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा