• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक १, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • उपहार लिनेदिने नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई रास्वपाको निर्देशन

      के तोप र बन्दुकको चर्को आवाजले चराहरूको ज्यानै जानसक्छ ?

      नेपाली फुटबलर विमल घर्ती मगरले लिए सन्न्यास

      १० हजार टन स्याउ उत्पादनको अनुमान, निकासी भने ३० प्रतिशतमा सीमित

      मटिहानीमा फुलपातीको रौनक, महासप्तमीदेखि दुर्गा पूजा आरम्भ

      दशैँमा सर्वाधिक गुञ्जिने सात गीत

      छलफलपछि किशोर श्रेष्ठ घर फर्किए, हिमेश पन्त प्रेस काउन्सिल जाने

      हनुमानढोकाको दसैँघरमा फूलपाती भित्र्याइयो

      टुँडिखेलमा सम्पन्न भयो फूलपाती बढाइँ समारोह, राष्ट्रपति र प्रधानमन्त्री सहभागी

      मेक्सिकोमा नेपाली श्रमिकहरुको मुद्दाबारे वहस, विपत्ति र सरकारी नीतिबाट प्रताडित भएको आवाज

      भुटनदेवी मन्दिरमा सलामीसहित भित्र्याइयो फूलपाती

      के तोप र बन्दुकको चर्को आवाजले चराहरूको ज्यानै जानसक्छ ?

      हेटौँडामा ट्राफिक अस्तव्यस्तता : व्यवस्थापनको जिम्मेवारी कसको ?

      चाडपर्वमा शुभकामना आदानप्रदान गर्दा उपहार, नगद र सुविधा नलिन–नदिन रास्वपाको अपिल

      प्रधानमन्त्री बालेनले दशैंको शुभकामना दिदैँ भने– विपद्को शोक र परदेशिनुपर्ने बाध्यताबीच आपसी एकता बलियो बनाऔँ

    होमपेज /  समाचार

    हेटौँडामा ट्राफिक अस्तव्यस्तता : व्यवस्थापनको जिम्मेवारी कसको ?

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक १, शनिबार (१२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २७ पटक पढिएको
  • हेटौँडा । हेटौँडा मकवानपुरको सदरमुकाम मात्र होइन, राजधानी काठमाडौँलाई तराईसँग जोड्ने महत्त्वपूर्ण यातायात केन्द्र पनि हो । त्यसैले यहाँ चितवन, वीरगञ्ज तथा काठमाडौँतर्फ आवागमन गर्ने सवारीसाधनको चाप दिनप्रतिदिन बढिरहेको छ ।

    तर, सवारीसाधनको चापअनुसार सडक व्यवस्थापन, ट्राफिक पूर्वाधार र सहरी यातायात प्रणालीमा सुधार हुन नसक्दा हेटौँडाका मुख्य चोकहरूमा समस्या चुलिँदै गएको छ । बुद्धचोक, सीमाचोक र बाइपास क्षेत्रको अस्तव्यस्तले त्यही संकेत गर्छ ।

    हेटौँडाको ट्राफिक व्यवस्थापन सुधार गर्ने जिम्मेवारी कसको हो भन्ने प्रश्न पेचिलो छ । प्रहरी मात्रको हो या स्थानीय सरकारको जिम्मेवारीभित्र हो भन्ने प्रश्नको जवाफ हेटौँडा उपमहानगरपालिकाले दिनुपर्ने स्थानीयको भनाइ छ ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले ट्राफिक व्यवस्थापनका लागि प्रहरीले सक्दो प्रयास गरिरहेको तर नगरपालिकाबाट आवश्यक सहयोग नपाएको दुखेसो गर्छन ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक रमेश विष्टले पनि अटो तथा मयुरीको अव्यवस्थित सञ्चालनलाई हेटौँडाको ट्राफिक व्यवस्थापनमा देखिएको प्रमुख चुनौतीमध्ये एकका रूपमा औँल्याए ।

    ‘प्रहरी सडकमा खटिएर मात्रै ट्राफिक व्यवस्थापनको समस्या समाधान हुँदैन। त्यसका लागि सडकको संरचना, ट्राफिक बत्ती, पार्किङस्थल, सवारीसाधन सञ्चालनको स्पष्ट मापदण्ड र प्रभावकारी अनुगमन आवश्यक पर्छ। यी व्यवस्थाका लागि स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुन्छ। प्रहरी र स्थानीय सरकारबीच आवश्यक समन्वय हुन नसके त्यसको प्रत्यक्ष मार सर्वसाधारणले भोग्नुपर्ने हुन्छ,’ प्रहरी अधिकारीहरुको भनाइ छ ।

    हेटौँडाको बुद्धचोकमा विगतमा रहेको ट्राफिक बत्ती हटाइएको विषयले पनि स्थानीय सरकारको प्राथमिकतामाथि प्रश्न उठाएको छ । चारैतर्फबाट सवारीसाधन आउने महत्त्वपूर्ण चोकमा ट्राफिक बत्तीको आवश्यकता छ कि छैन भन्ने कुरा सडकको वास्तविक अवस्था र सवारी चापको अध्ययनबाट निर्धारण हुनुपर्ने स्थानीय सरोकारवालाहरुको भनाइ छ । यदि ट्राफिक बत्ती आवश्यक छ भने त्यसलाई पुनः सञ्चालनमा ल्याउनुपर्ने माग बढेको छ ।

    हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले सहरको विकास र व्यवस्थापनबारे विभिन्न प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । तर, विकासको अर्थ सडकमा संरचना निर्माण गर्नु मात्र होइन, नागरिकले दैनिक भोगिरहेका समस्याको समाधान गर्नु पनि विकासकै महत्त्वपूर्ण पक्ष भएको स्थानीयको भनाइ छ ।

    बुद्धको मूर्ति स्थापना गरेर चोकको पहिचान बनाउनु सकारात्मक हुन सक्छ, तर त्यही चोकमा सवारीसाधन घण्टौँजस्तो लाग्ने गरी रोकिनुपर्ने अवस्था छ भने यातायात व्यवस्थापनको प्रश्नलाई बेवास्ता गर्न नहुने स्थानीयको भनाइ छ ।

    अटो तथा मयुरीको अव्यवस्थित सञ्चालन गम्भीर समस्या रहँदा आएको छ । जथाभावी रोक्ने, यात्रु चढाउने र ओराल्ने, सडक तथा चोकमा अव्यवस्थित रूपमा चलाउने प्रवृत्तिलाई नियन्त्रण गर्नुपर्ने स्थानीयको माग छ ।

    ट्राफिक प्रहरीलाई दोष दिएर वा नगरपालिकालाई मात्र जिम्मेवार ठहर गरेर पनि समस्या समाधान नहुने भएकाले सम्बन्धित सबै निकायले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने स्थानीय एक व्यापारीले बताए ।

    हेटौँडा उपमहानगरपालिकाले बुद्धचोक, सीमाचोक र बाइपास क्षेत्रको सवारी चाप अध्ययन गरी तत्कालीन र दीर्घकालीन योजना सार्वजनिक गर्नुपर्ने, आवश्यकताअनुसार ट्राफिक बत्ती जडान तथा सञ्चालन, अटो र मयुरीको व्यवस्थित परिचालन, पार्किङस्थलको व्यवस्थापन, सडक सङ्केतको सुधार र पैदलयात्रीको सुरक्षामा विशेष ध्यान दिनुपर्ने माग उठेको छ ।

    साथै, प्रहरी प्रशासनले सहयोग नपाएको भन्ने गुनासोबारे नगरपालिकाले आफ्नो धारणा सार्वजनिक गर्दै समन्वय गर्नुपर्ने पनि औंल्याइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    १० हजार टन स्याउ उत्पादनको अनुमान, निकासी भने ३० प्रतिशतमा सीमित

    मटिहानीमा फुलपातीको रौनक, महासप्तमीदेखि दुर्गा पूजा आरम्भ

    मेक्सिकोमा नेपाली श्रमिकहरुको मुद्दाबारे वहस, विपत्ति र सरकारी नीतिबाट प्रताडित भएको आवाज

    भुटनदेवी मन्दिरमा सलामीसहित भित्र्याइयो फूलपाती

    के तोप र बन्दुकको चर्को आवाजले चराहरूको ज्यानै जानसक्छ ?

    चाडपर्वमा शुभकामना आदानप्रदान गर्दा उपहार, नगद र सुविधा नलिन–नदिन रास्वपाको अपिल

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    उपहार लिनेदिने नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई रास्वपाको…

    के तोप र बन्दुकको चर्को आवाजले चराहरूको ज्यानै…

    नेपाली फुटबलर विमल घर्ती मगरले लिए सन्न्यास

    १० हजार टन स्याउ उत्पादनको अनुमान, निकासी भने…

    छलफलपछि किशोर श्रेष्ठ घर फर्किए, हिमेश पन्त प्रेस…

    प्रधानमन्त्री बालेनले दशैंको शुभकामना दिदैँ भने– विपद्को शोक…

    मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक…

    काठमाडौं महानगरले ल्यायो बाइक एम्बुलेन्स सेवा सञ्चालनमा

    आर्थिक

    दशैंतिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात, अभाव नहुने खाद्य कम्पनीको दाबी

    लगातार पाँचौँ दिन पनि बढ्यो नेप्से, २६२१ विन्दुमा बजार

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटिएम सिटिमा १० प्रतिशतसम्म छुट

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑