सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले फुटबल खेलबाट सन्न्यास लिने घोषणा गरेका छन्।
२९ वर्षीय विमलले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो फुटबल करियर अन्त्य गर्ने निर्णय सार्वजनिक गरेका हुन्। चोटपटक र नियमित प्रतियोगिताको अभावका कारण उनले खेल जीवनबाट बिदा लिने निर्णय गरेको बताइएको छ।
विमलले नेपाली राष्ट्रिय टोलीबाट ४४ खेल खेल्दै ९ गोल गरेका छन्। उनले १४ वर्षको उमेरमै राष्ट्रिय टोलीमा डेब्यु गर्दै नेपाली फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका थिए।
बुटवलबाट सुरु भएको आफ्नो फुटबल यात्रामा साथ, माया र विश्वास गर्ने समर्थकप्रति आभार व्यक्त गर्दै उनले भावुक सन्देशमार्फत खेल जीवनबाट बिदा लिएका छन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा