• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन २७, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित

      आईपीयू महासभामा जलवायुजन्य विपद् र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी प्रस्ताव पारित

      मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ

      विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा

      ओमानमाथि नेपालको शानदार जित, ११३ रनले पराजित

      यात्रुलाई बासी खाना खुवाएर बिरामी परे होटल सञ्चालकसँगै चालकलाई पनि कारबाही

      भोटेकोशी बाढीपीडितलाई सहयोग जारी राख्ने भिक्षु पञ्ञाकरको भनाइ

      ‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

      अडियो प्रकरणमा दोषी ठहरिए खगेन्द्र सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

      कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी, पूर्वमुख्यमन्त्री शाही पनि निर्वाचित

      कांग्रेस केन्द्रीय सदस्यमा वासना थापालाई सर्वाधिक मत

      सभामुख अर्याल आईपीयूको महासभामा सहभागी भएर स्वदेश फिर्ता

      संखुवासभाको हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्‌

      सरकार र प्रहरीलाई झाँक्रीको अपिलः खगेन्द्रको हिंसामा परेका आमा बच्चाको ज्यान खतरामा छ, प्लिज तत्काल रेस्क्यु होस

      सांसद खगेन्द्र सुनारलाई रास्वपाको २४ घण्टे स्पष्टीकरण

    होमपेज /  खेलकुद

    ओमानमाथि नेपालको शानदार जित, ११३ रनले पराजित

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन २७, मंगलबार (८ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४७ पटक पढिएको
  • काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अन्तिम शृंखलाको दोस्रो खेलमा नेपालले ओमानलाई ११३ रनले पराजित गरेको छ। मंगलबार ओमानको अल अमेरत क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै अलआउट भयो।

    टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रन बनाएको थियो। जवाफमा ओमानका ब्याटर नेपाली बलरसामु टिक्न नसक्दा नेपालले फराकिलो जित निकालेको हो।

    ओमानका लागि कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाए। उनले ८३ बलमा ६ चौका र एक छक्का प्रहार गरे। सातौँ विकेटका लागि जय ओडेरासँग ८३ रनको साझेदारी गर्दै उनले ओमानको पारी सम्हाल्ने प्रयास गरेका थिए। तर, दीपेन्द्रसिंह ऐरीले उक्त साझेदारी तोडेपछि ओमान दबाबमा परेको थियो। जय ओडेराले २५ र जतिन्दर सिंहले १८ रन बनाए।

    नेपालका लागि नन्दन यादव र सन्दीप लामिछानेले तीन–तीन विकेट लिए। दीपेन्द्रसिंह ऐरीले दुई तथा करण केसी र ललित राजवंशीले एक–एक विकेट हात पारे।

    यसअघि नेपालको ब्याटिङमा कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ६१ रन बनाए। उनले ६७ बलमा तीन चौका र एक छक्का प्रहार गरे। रोहितले वसिर अहमदसँग चौथो विकेटका लागि ८६ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए। वसिरले ३७ रन बनाए।

    ओपनर अर्जुन कुमालले ४० र इशान पाण्डेले ३७ रनको योगदान दिए। दोस्रो विकेटका लागि अर्जुन र इशानले ६४ रनको साझेदारी गरेका थिए। दीपेन्द्रसिंह ऐरीले २२, सन्दीप जोराले १० र आसिफ शेखले चार रन बनाए।

    नेपालको इनिङ्सको अन्त्यतिर करण केसीले आक्रामक ब्याटिङ गर्दै टोलीको स्कोर उकासे। उनले १६ बलमा चार छक्कासहित ४० रन बनाए। ४९औँ ओभरमा हुसैन शाहलाई लगातार तीन छक्का प्रहार गरेका करणले उक्त ओभरमा २५ रन जोडे। नन्दन यादव सात रनमा अविजित रहे।

    ओमानका लागि शाह फैजल, सकिल अहमद र करण सोनाभले दुई–दुई विकेट लिए भने हसन शाहले एक विकेट लिए।

    नेपालले यसअघि पहिलो खेलमा क्यानडालाई २४ रनले पराजित गरेको थियो। ओमानमाथिको जितसँगै नेपालले लिग–२ मा लगातार दोस्रो जित निकालेको छ। यस जितबाट नेपालले थप दुई अंक जोडेको छ। ३४ खेलबाट २८ अंक जोडेको नेपाल अंकतालिकाको छैटौँ स्थानमा रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    विराटनगर किङ्स र एभरेस्ट बैंकबिच सहकार्यको निरन्तरता

    पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाड क्रिकेटमा स्वर्ण पदक

    ग्लोबल ट्रेडिसनल तेक्वान्दो प्रतियोगिता आजदेखि

    नेपाल–बेलायत सांसदहरुबीच मैत्रीपूर्ण क्रिकेट खेल हुने 

    हिमालय फुटसल गोल्ड कपको उपाधि मेन्टेन एफसीलाई 

    एशियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाल विजयी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित

    आईपीयू महासभामा जलवायुजन्य विपद् र अपाङ्गता भएका व्यक्तिको…

    मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित…

    विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा

    यात्रुलाई बासी खाना खुवाएर बिरामी परे होटल सञ्चालकसँगै…

    भोटेकोशी बाढीपीडितलाई सहयोग जारी राख्ने भिक्षु पञ्ञाकरको भनाइ

    अडियो प्रकरणमा दोषी ठहरिए खगेन्द्र सुनारमाथि कारबाही हुन्छ…

    दशैं बिदामा पनि विशेष अदालत खुला रहने

    आर्थिक

    विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

    लामो प्रयास र प्रयत्नको सार्थक परिणामः बाजुराको बडीमालिकामा कोदोको बिस्कुट परीक्षण उत्पादन

    एनएमबी बैंक र र्‍यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑