• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक ११, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • झाँक्रीको प्रश्न – अर्थमन्त्री वाग्लेको भारत भ्रमण कुन मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भयो ?

      आनी छोइङको विरोध गर्दै आएका लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ पक्राउ

      मुस्ताङमा नेवारी फल्चा, ललितपुरमा मुस्ताङको स्याउ

      ह्यारी केनले पहिलोपटक जिते बालोन डी’ओर अवार्ड

      एनपीएललाई नेपालको खेल पर्यटन र पहिचान बढाउने बलियो आधारको रूपमा लिएको छु : मन्त्री पोखरेल

      संघीयतामा बदलिँदो बजार :गाउँमै उदाउँदैछन् नयाँ नयाँ व्यापारिक केन्द्र

      एनपीएलमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम ७ विकेटले पराजित

      एनपीएल क्रिकेटः सुदूरपश्चिमद्वारा लुम्बिनीलाई ८८ रनको सामान्य लक्ष्य

      सिरहाका गोलबजार–११ का वडाध्यक्ष सोहेब अनवर पक्राउ, सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा

      कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम

      एनपीएल उद्घाटनमा सहभागी हुँदै प्रधानमन्त्री बालेन शाह

      प्रधानमन्त्री बालेनले दिए एनपीएलका खेलाडी र आयोजकलाई शुभकामना

      विपदका कारण गोरखा र सुर्खेतका मुख्य राजमार्गमा आवागमन प्रभावित

      एनपीएल : नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय पहिचानमा ‘ट्रनिङ–प्वाइन्ट’

      एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु, उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिडने

    होमपेज /  समाचार

    मुस्ताङमा नेवारी फल्चा, ललितपुरमा मुस्ताङको स्याउ

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक ११, मंगलबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३२ पटक पढिएको
  • मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङमा नेवारी संस्कृति झल्किने परम्परागत फल्चा निर्माण गरिएको छ भने ललितपुरमा मुस्ताङको स्याउको प्रतीक निर्माण गरिने भएको छ । फरक भूगोल, फरक सांस्कृतिक पहिचान र मौलिक विशेषता बोकेका यी दुई जिल्लाले एकअर्काको पहिचानलाई सम्मान गर्दै सांस्कृतिक आदानप्रदानको पहल थालेका छन् ।

    ललितपुर महानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाबीच स्थापित भगिनी सम्बन्धलाई सांस्कृतिक सम्पदामार्फत थप सुदृढ बनाउने उद्देश्यले यस्तो पहल गरिएको हो । ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा घरपझोङ गाउँपालिकाको प्रशासनिक भवन परिसरमा नेवारी वास्तुकला झल्किने परम्परागत फल्चा निर्माण गरिएको छ । यता, घरपझोङ गाउँपालिकाले ललितपुर महानगरपालिकामा मुस्ताङको पहिचानसँग जोडिएको स्याउको प्रतीक निर्माण गर्ने तयारी गरेको छ ।

    घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनका अनुसार फल्चा निर्माणका लागि ललितपुर महानगरपालिकाले ३५ लाख रुपैयाँ सहयोग गरेको हो । चालु आर्थिक वर्षमा पनि महानगरपालिकाले स्थानीय कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि थप ३५ लाख रुपैयाँ सहयोग गरेको उनले बताए ।

    दुई स्थानीय तहबीचको सम्बन्धलाई औपचारिकतामा मात्र सीमित नराखी सांस्कृतिक पहिचान र सम्पदाको संरक्षणसँग जोड्ने उद्देश्यले सहकार्य भइरहेको अध्यक्ष लालचनले बताए । ललितपुरमा निर्माण गरिने स्याउको प्रतीकले मुस्ताङको स्थानीय उत्पादन र पहिचानलाई उपत्यकासम्म चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    मुस्ताङको घरपझोङ गाउँपालिकामा थकाली, गुरुङ तथा दलित समुदायको बसोबास छ । यस्तो क्षेत्रमा नेवारी वास्तुकला झल्किने फल्चा निर्माण हुनुले फरक समुदाय र भौगोलिक क्षेत्रबीच सांस्कृतिक आदानप्रदानको अवसर सिर्जना गरेको छ ।

    फल्चा नेवारी वास्तुकला, काष्ठकला र परम्परागत निर्माण सीपसँग जोडिएको सार्वजनिक संरचना हो । परम्परागत रूपमा विश्राम गर्ने, भेटघाट गर्ने र सामुदायिक गतिविधि सञ्चालन गर्ने स्थलका रूपमा यसको महत्त्व रहँदै आएको छ । जोमसोममा यस्तो संरचना निर्माण हुनुले नेवारी कला र वास्तुकलालाई हिमाली क्षेत्रमा चिनाउने अवसर दिएको छ ।

    नेपालमा नेवार र थकाली समुदाय परम्परागत रूपमा व्यापार व्यवसायमा सक्रिय समुदायका रूपमा परिचित छन् । दुवै समुदायका आ–आफ्नै भाषा, संस्कृति, परम्परा र सामाजिक अभ्यास छन् । सांस्कृतिक विशेषता फरक भए पनि आपसी सहकार्यले एकअर्काको पहिचानलाई चिनाउने र सम्मान गर्ने अवसर प्रदान गरेको छ ।

    घरपझोङ गाउँपालिकाले ललितपुर महानगरपालिकामा निर्माण गर्न लागेको स्याउको प्रतीकले मुस्ताङको कृषि उत्पादन र स्थानीय पहिचानलाई प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ । मुस्ताङ स्याउ उत्पादनका लागि परिचित जिल्ला हो । स्याउको प्रतीकमार्फत मुस्ताङको पहिचानलाई ललितपुरमा स्थापित गर्ने योजना अघि बढाइएको अध्यक्ष लालचनले बताए ।

    ललितपुरमा नेवारी कला र वास्तुकलाको ऐतिहासिक पहिचान छ भने मुस्ताङको आफ्नै हिमाली संस्कृति, प्राकृतिक विशेषता र कृषि उत्पादनसँग जोडिएको पहिचान छ । दुई स्थानीय तहले एकअर्काका सांस्कृतिक तथा स्थानीय प्रतीकलाई आ–आफ्नो क्षेत्रमा स्थापित गर्न खोज्नुले भगिनी सम्बन्धलाई व्यवहारमा उतार्ने प्रयास देखाएको छ ।

    यस पहलले स्थानीय तहबीचको सहकार्यलाई सांस्कृतिक सम्पदाको संरक्षण, स्थानीय पहिचानको प्रवद्र्धन र आपसी सम्बन्ध विस्तारसँग जोडेको छ । जोमसोममा बनेको नेवारी फल्चा र ललितपुरमा निर्माण गरिने मुस्ताङको स्याउको प्रतीक दुई क्षेत्रबीचको सांस्कृतिक आदानप्रदानका प्रतिनिधि बन्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    आनी छोइङको विरोध गर्दै आएका लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ पक्राउ

    सिरहाका गोलबजार–११ का वडाध्यक्ष सोहेब अनवर पक्राउ, सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा

    विपदका कारण गोरखा र सुर्खेतका मुख्य राजमार्गमा आवागमन प्रभावित

    पाथीभरामा घटे दर्शनार्थी, एकै दिनमा झन्डै २ हजार कम

    बैतडीमा भूकम्पको धक्का महसुस

    धनुषामा श्रीमतीको हत्या, श्रीमान् मृत फेला

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    झाँक्रीको प्रश्न – अर्थमन्त्री वाग्लेको भारत भ्रमण कुन…

    आनी छोइङको विरोध गर्दै आएका लुम्बिनी बचाउ महाअभियानका…

    मुस्ताङमा नेवारी फल्चा, ललितपुरमा मुस्ताङको स्याउ

    ह्यारी केनले पहिलोपटक जिते बालोन डी’ओर अवार्ड

    एनपीएललाई नेपालको खेल पर्यटन र पहिचान बढाउने बलियो…

    एनपीएल उद्घाटनमा सहभागी हुँदै प्रधानमन्त्री बालेन शाह

    प्रधानमन्त्री बालेनले दिए एनपीएलका खेलाडी र आयोजकलाई शुभकामना

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ४७० जनालाई कारबाही

    आर्थिक

    भारतमा विद्युत बेचेर नेपालले एक महिनामै कमायो ५ अर्ब ९२ करोड, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु

    दसैं बिदापछि घट्यो सुनचाँदीको मूल्य, सुन तोलामा ११ हजार ७०० रुपैयाँ सस्तियो

    दशैंतिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात, अभाव नहुने खाद्य कम्पनीको दाबी

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑