सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमण स्वीकृत गर्ने मन्त्रिपरिषद् बैठकबारे सरकारसँग जवाफ मागेकी छन्।
झाँक्रीले सामाजिक सञ्जालमार्फत ‘हेलो सरकार’ मा प्रश्न उठाउँदै अर्थमन्त्री वाग्लेको हालैको भारत भ्रमण कुन मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको हो भन्ने विवरण सार्वजनिक गर्न माग गरेकी हुन्।
उनले उक्त विषय नागरिकको जानकारी पाउने अधिकारसँग जोडिएको उल्लेख गर्दै भ्रमण स्वीकृतिसम्बन्धी निर्णय सार्वजनिक गर्नुपर्ने बताएकी छन्।
झाँक्रीले यस विषयमा प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराउँदै सरकारसँग जवाफदेहिता माग गरेकी छन्।
अर्थमन्त्रीको विदेश भ्रमण स्वीकृत गर्ने मन्त्रिपरिषद् बैठकको विवरण सार्वजनिक गर्नुपर्ने उनको माग छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा