सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर ठोक्किएको दुर्घटनास्थलको भिडियो प्राप्त भएको छ । एक आपसमा ठोकिएका दुबै हेलिकप्टर क्षतविक्षत अवस्थामा भेटिएका छन् ।
मंगलबार बिहान ८ बजेर ११ मिनेटमा फिस्टेल एयर र डाइनास्टिक एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा आपसमा ठोक्किएका थिए । दुर्घटनामा एक भारतीय पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी ललितपुरस्थित मेडिसिटी अस्पताल पु¥याइएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा मृत्यु हुने भारतीय नागरिक वसन्त कुमार हुन् । घाइते शैलेश कृष्ण पटेललाई उपचारका लागि मेडिसिटी अस्पताल ल्याइएको हो । दुर्घटनामा दुवै हेलिकप्टरका पाइलट सकुशल रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा