सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले आजै नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने भएका छन् ।
गृह मन्त्रालयले केसीलाई आज साँझ ५ः४५ बजे प्रहरी महानिरीक्षकको दज्र्यानी चिह्न (फूली) लगाउने कार्यक्रम तय गरेको छ ।
मन्त्रालय स्रोतका अनुसार केसीले बिहीबार बिहान मात्रै फूली लगाइदिन आग्रह गरेका थिए । तर, गृहमन्त्री सुधन गुरुङको आग्रहपछि उनी आजै दज्र्यानी चिह्न लगाएर पदबहाली गर्न तयार भएका हुन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले एआईजी डा. मनोजकुमार केसीलाई नेपाल प्रहरीको ३४औँ महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
सरकारले बहालवाला आईजीपी दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउँदै केसीलाई प्रहरी संगठनको सर्वोच्च नेतृत्वमा नियुक्त गरेको हो ।
यसअघि आईजीपी रहेका कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।
सरकारको यो निर्णयसँगै नेपाल प्रहरीको नेतृत्व परिवर्तन भएको छ । यता, पदबाट हटाइएका कार्कीले भने सरकारको निर्णयविरुद्ध कानुनी लडाइँ लड्ने बताइसकेका छन् ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा