सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले बिहीबार एकैदिन ठूलो वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १३ हजार ३ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ९ सय रुपैयाँ पुगेको छ ।
बुधबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर २ लाख ७५ हजार ६ सय रुपैयाँ कायम भएको थियो । त्यसअघि मंगलबार ७ सय रुपैयाँ र सोमबार २ हजार ३ सय रुपैयाँले सुनको मूल्य बढेको थियो ।
गत आइतबार भने सुनको मूल्य तोलामा ८ हजार ३ सय रुपैयाँले घटेको थियो । त्यसअघिका चार दिनमा सुनको मूल्य ५ हजार रुपैयाँले बढेको थियो । यसअघि कात्तिक ८ गते पनि सुनको मूल्य एकैदिन तोलामा ११ हजार ७ सय रुपैयाँले घटेको थियो ।
यसैगरी, चाँदीको मूल्यमा पनि बिहीबार उल्लेख्य वृद्धि भएको छ । महासंघका अनुसार चाँदीको मूल्य तोलामा २ सय ६५ रुपैयाँले बढेर ३ हजार ९ सय २० रुपैयाँ पुगेको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला ३ हजार ६ सय ५५ रुपैयाँ कायम भएको थियो ।
सुनचाँदीको मूल्यमा एकैदिन भएको ठूलो वृद्धिले नेपाली बजारमा बहुमूल्य धातुको कारोबार र मूल्य उतारचढावलाई थप चर्चामा ल्याएको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा