सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । उपत्यकामा एलपी ग्यासको अभाव बढ्दै गएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई थप कडाइ गरेको छ।
भदौ २९ गते काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न उद्योग तथा फर्ममा गरिएको अनुगमनका क्रममा ४ व्यवसायीलाई कुल २५ हजार रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ।
सत्यश्वर इन्टरप्राइजेज, सोल्टीमोडलाई १० हजार रुपैयाँ तथा बज्र किराना स्टोर्स, असन, जे एन्ड जे स्टोर, कमलविनायक र ओम शाही स्टोर, बालकोटलाई जनही ५ हजार रुपैयाँ जरिबाना गरिएको छ।
अनुगमनका क्रममा थप २५ फर्ममाथि निर्देशन तथा कारबाही गरिएको विभागको विवरणमा उल्लेख छ।
विभागका अनुसार एलपी ग्यासको आपूर्ति तथा वितरणमा देखिएको समस्या पहिचान गर्न यसअघि भदौ २५ गते काठमाडौं उपत्यकाका १३ ग्यास बिक्री केन्द्रमा समेत आकस्मिक अनुगमन गरिएको थियो। उक्त अनुगमनमा ग्यासको आपूर्ति तथा वितरणमा असमानता देखिएको विभागले जनाएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा