सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाम परिवर्तन गर्न सरकारसँग माग गरेको छ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाका प्रवक्ता तथा सांसद जगदीश खरेलले कोषको नाम परिवर्तन गरी ‘प्रधानमन्त्री विपद् राहत कोष’ राख्न माग गरेका हुन्।
सांसद खरेलले बाढी, पहिरो र नदी कटानजस्ता घटनालाई ‘दैवी प्रकोप’ भन्नु उपयुक्त नभएको तर्क गरे। उनले भोटेकोशीमा आएको बाढीलाई समेत दैवी प्रकोप नभई प्राकृतिक विपत्तिका रूपमा बुझ्नुपर्ने बताए।
‘भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो,’ उनले भने।
नेपालमा हुने बाढी, पहिरो तथा कटानका घटना प्राकृतिक विपत्ति वा मानव सिर्जित विपत्तिका रूपमा हुने गरेको खरेलको भनाइ छ। यस्ता घटनालाई ‘दैवी प्रकोप’को संज्ञा दिँदा विपत्तिको वास्तविक कारण पहिचान नगरी जिम्मेवारीबाट पन्छिने प्रवृत्ति बढ्न सक्ने उनले बताए।
उनले विपद्का घटना प्राविधिक कमजोरी, वातावरण विनाश तथा अव्यवस्थित विकास निर्माणका कारण पनि हुने गरेको उल्लेख गरे।
‘यी घटनाहरू या त प्राविधिक कमजोरी, या त वातावरण विनाश, वा अव्यवस्थित विकास निर्माणका कारण हुने गरेका छन्,’ खरेलले भने, ‘त्यसैले यस्ता घटनालाई दैवी प्रकोप नभई प्राकृतिक विपत्ति मान्नुपर्छ र सोहीअनुसार राज्यले राहत तथा व्यवस्थापनको तयारी गर्नुपर्छ।’
खरेलले विपद्को कारण पहिचान गर्दै राहत, उद्धार तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिए।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा