सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्न नेपाल आउने भएका छन् । एनपीएलको टोली काठमाडौं गोर्खाजले तेस्रो संस्करणका लागि वार्नरलाई अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जनाएको छ ।
३९ वर्षीय वार्नर एनपीएल खेल्न आउने अहिलेसम्मकै ठूला अन्तर्राष्ट्रिय क्रिकेटर बनेका छन् । यसअघि पहिलो संस्करणमा कर्णाली याक्सले भारतका शिखर धवन तथा दोस्रो संस्करणमा विराटनगर किङ्ग्सले दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसलाई अनुबन्ध गरेका थिए ।
वार्नरले ११० टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ शतक र २८ अर्धशतकसहित ३ हजार २७७ रन बनाएका छन् । त्यस्तै, समग्र ४३९ टी–२० क्रिकेटमा उनले १० शतक र ११८ अर्धशतकसहित १४ हजार २८४ रन बनाएका छन् ।
अस्ट्रेलियाका लागि वार्नरले सन् २०१५ र २०२३ को एकदिवसीय विश्वकप, सन् २०२१ को टी–२० विश्वकप तथा सन् २०२३ को विश्व टेस्ट च्याम्पियनशिप जितेका छन् ।
विश्व क्रिकेटमा अनुभवी तथा आक्रामक ब्याटरका रूपमा परिचित वार्नरसँग भारतको इन्डियन प्रिमियर लिग (आईपीएल), अस्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) र वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग (सीपीएल) लगायतका चर्चित टी–२० लिग खेलेको अनुभव छ ।
वार्नरको आगमनले एनपीएलको तेस्रो संस्करणको आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ । काठमाडौं गोर्खाजले उनलाई अनुबन्ध गरेसँगै नेपाली क्रिकेटप्रेमीले विश्वस्तरीय क्रिकेटरलाई घरेलु मैदानमा खेलिरहेको हेर्न पाउने भएका छन् ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा