• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ३०, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • डेभिड वार्नर एनपीएल खेल्न नेपाल आउने

      जलवायु असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँछौं : प्रधानमन्त्री शाह

      जाजरकोटमा बाढीपहिरोको जोखिम बढ्यो, नागरिकको जीवन सुरक्षामा सरकारको ध्यानाकर्षण

      महानगरमा घरजग्गा कारोबार उछालियो, काठमाडौंमा १५६ प्रतिशत वृद्धि

      कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई करिब २ अर्ब जरिवाना

      उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

      फिनटेकका लागि समान प्रतिस्पर्धाको वातावरण बनाउँदै राष्ट्र बैंक

      सभामुख र विपक्षी दलका नेता आङदेम्बेबीच भेटवार्ता, एक साताभित्र संसदीय समिति गठन गर्न सुझाव

      बालेनसँगको छलफल लगत्तै पक्राउ परेका गाउँपालिका अध्यक्षविरुद्ध ९ मुद्दामा ९ करोड ५६ लाख बिगो

      रसुवागढी नाका बन्दहुँदा कैलाश मानसरोवर यात्राको भार तातोपानी र हिल्सा तर्फ

      अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

      रसुवागढी नाका बन्दहुँदा कैलाश मानसरोवर यात्राको भार तातोपानी र हिल्सा तर्फ

      सरकारले ‘द ग्रे जोन’को रिपोर्टबारे चित्तबुझ्दो जवाफ दिनुपर्छ : डा.भट्टराई

      अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

      उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल

    होमपेज /  समाचार

    जाजरकोटमा बाढीपहिरोको जोखिम बढ्यो, नागरिकको जीवन सुरक्षामा सरकारको ध्यानाकर्षण

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र ३०, मंगलबार (४८ मिनेट अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २२ पटक पढिएको
  • काठमाडौं । नेपाली कांग्रेसका सांसद खडकबहादुर बुढाले जाजरकोटमा लगातार दोहोरिरहेको बाढीपहिरो र त्यसबाट नागरिकले भोगिरहेको मानवीय संकटप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

    मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बुढाले विशेषगरी नलगाड नगरपालिका–१० र ११ को सीमामा पर्ने ताक्सुगाड अहिले नागरिकका लागि जोखिमको पर्याय बनेको बताए।

    उनका अनुसार भदौ २९ गते ताक्सुगाडले बगाएर बारेकोट–४ का २६ वर्षीय रमेश सुनार बेपत्ता भएका छन्। त्यसको तीन दिनअघि मात्रै नलगाड–११ का रतनबहादुर दमाईलाई पनि सोही खोलाले बगाएर बेपत्ता बनाएको उनले बताए।

    यस्तै, नलगाड–१ र २ को सीमामा रहेको बाउला खोलाले घर तथा पसलमा ठूलो भौतिक क्षति पुर्‍याएको उनले जानकारी दिए।

    बुढाले साउन ३० गते आएको बाढीले ताक्सुगाडमा चारवटा घर, झोलुङ्गे पुल र अस्थायी कजवे बगाउनुका साथै भेरी करिडोरमा समेत क्षति पुर्‍याएको बताए। रोलीजिउलाको सिँचाइ नहर क्षतिग्रस्त हुँदा किसानको धानबालीसमेत प्रभावित भएको उनको भनाइ छ।

    उनले समस्या भौतिक क्षतिमा मात्रै सीमित नभई नागरिकको जीवन सुरक्षासँग जोडिएको बताए। पुल बगेपछि नागरिक जोखिम मोलेर खोलाबाटै आवतजावत गर्न बाध्य भएको उल्लेख गर्दै उनले पक्की पुल निर्माणको ठेक्का भएको वर्षौँ बित्दा पनि काम सम्पन्न नहुनु गम्भीर विषय भएको बताए।

    ‘पक्की पुल निर्माणको ठेक्का भएको वर्षौँ बित्दा पनि काम सम्पन्न नहुनु अब सामान्य ढिलाइ होइन, नागरिकको जीवनसँग जोडिएको गम्भीर विषय हो,’ उनले भने।

    बुढाले सरकारले तत्काल सुरक्षित वैकल्पिक बाटोको व्यवस्था गर्नुपर्ने, पक्की पुल निर्माण अविलम्ब सम्पन्न गर्नुपर्ने तथा क्षतिको यथार्थ मूल्याङ्कन गरी पीडितलाई राहत र पुनर्निर्माणको व्यवस्था गर्नुपर्ने माग गरे। बेपत्ता नागरिकहरूको खोज तथा उद्धारलाई उच्च प्राथमिकता दिनसमेत उनले सरकारको ध्यानाकर्षण गराए।

    ‘नागरिकले सरकारसँग दया होइन, सुरक्षित जीवनको अधिकार मागेका हुन्। बाढी आएपछि उद्धार गर्ने होइन, बाढी आउनुअघि नै नागरिकलाई सुरक्षित बनाउने राज्यको राज्य चाहिएको छ’ उनले भने।

    यसैबीच, वैदेशिक रोजगारीका क्रममा ओमान पुगेकी जाजरकोटकी जेनिसा जैसीलाई त्यहाँ बन्धक बनाइएको भन्ने परिवारको भनाइ रहेको भन्दै बुढाले उनलाई तत्काल नेपाल फर्काउन आवश्यक पहल गर्न सरकारसँग माग गरे।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    जलवायु असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँछौं : प्रधानमन्त्री शाह

    महानगरमा घरजग्गा कारोबार उछालियो, काठमाडौंमा १५६ प्रतिशत वृद्धि

    फिनटेकका लागि समान प्रतिस्पर्धाको वातावरण बनाउँदै राष्ट्र बैंक

    सभामुख र विपक्षी दलका नेता आङदेम्बेबीच भेटवार्ता, एक साताभित्र संसदीय समिति गठन गर्न सुझाव

    बालेनसँगको छलफल लगत्तै पक्राउ परेका गाउँपालिका अध्यक्षविरुद्ध ९ मुद्दामा ९ करोड ५६ लाख बिगो

    रसुवागढी नाका बन्दहुँदा कैलाश मानसरोवर यात्राको भार तातोपानी र हिल्सा तर्फ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    डेभिड वार्नर एनपीएल खेल्न नेपाल आउने

    जलवायु असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँछौं : प्रधानमन्त्री…

    जाजरकोटमा बाढीपहिरोको जोखिम बढ्यो, नागरिकको जीवन सुरक्षामा सरकारको…

    महानगरमा घरजग्गा कारोबार उछालियो, काठमाडौंमा १५६ प्रतिशत वृद्धि

    कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई करिब २…

    बालेनको बैठकमा सहभागी हुन सिंहदरबार पुगेका पालिका अध्यक्ष…

    भोटेकोशी बाढीपछि सरकारको उद्धार प्रयासको जनप्रतिनिधिद्वारा प्रशंसा

    चिलिमे टनेलमा रातभर उद्धार कार्य

    आर्थिक

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑