• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक २४, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व

      बफादारिता र सुरक्षाको प्रतीकका रूपमा कुकुरको पूजा गरिँदै

      सामाजिक सञ्जालको छाडापन नियमन गर्ने बेला भएन र ?

      आज कुकुर तिहार, कुकुरलाई पूजा गरी मीठा परिकार खुवाएर मनाइँदै

      भोटेकोशी बाढीपीडितका सन्तानलाई उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति दिने सरकारको निर्णय

      धरानबाट बरामद ४७ केजी शङ्कास्पद वस्तु विस्फोटक पदार्थ भएको पुष्टि

      कांग्रेसको आत्मा देउवा नेतृत्वको पार्टीमा छ : प्रकाशशरण महत

      एनपीएलको तेह्रौं अर्धशतक वार्नरको नाममा

      विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

      मुगुमा छायाँनाथ राष्ट्रिय निकुञ्ज कार्यालयको स्थापना

      कागको पूजा गर्दै आज काग तिहार मनाइँदै

      झापामा २३ लाख ५९ हजार रुपैयाँका अवैध पटाका नष्ट

      समाचार स्रोत खोल्न पत्रकारलाई बाध्य पार्नु लोकतन्त्रमाथिकै क्षति : दाहाल

      डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन

      आज काग तिहार मनाइँदै, यमराजको दूतका रूपमा कागको पूजा गर्ने धार्मिक परम्परा

    होमपेज /  राजनीती

    उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र ३०, मंगलबार (१ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ९३ पटक पढिएको
  • काठमाडौं । युवा अभियन्ता तथा ग्लोबल यूथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्याल उज्यालो नेपाल पार्टीको महासचिवमा नियुक्त भएका छन् ।

    अर्याललाई आइतबार बसेको पार्टीको सचिवालयको पूर्ण बैठकले महासचिव पदमा नियुक्त गरेको हो । उनलाई पार्टी अध्यक्ष कुलमान घिसिङले काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा पार्टीमा औपचारिक प्रवेश गराएका हुन् ।

    उनीसँगै कैलाश श्रेष्ठ, सुशील कार्की, कृष्ण रउले, कालीप्रसाद चटौत, विष्णु पराजुली र दुर्गा अर्याल केन्द्रीय सदस्यका रूपमा पार्टी प्रवेश गरेका छन् ।

    नवनियुक्त महासचिव दिवाकर अर्यालले उज्यालो नेपाल पार्टी नेतृत्वमा विभिन्न विषयका विज्ञहरूसँगै अनुभवी र खारिएका युवाहरू पनि जोडिएकाले देश विकासका लागि उत्तम विकल्प भएको दाबी गरे ।

    को हुन् अर्याल ?

    युवा अभियानबाट सामाजिक तथा सार्वजनिक क्षेत्रमा लामो समयदेखि सक्रिय अर्याल अब औपचारिक रूपमा दलगत राजनीतिमा महत्त्वपूर्ण जिम्मेवारीसहित प्रवेश गरेका हुन् । उज्यालो नेपाल पार्टीले सुशासन, प्रणालीगत सुधार, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र नागरिक केन्द्रित सेवा प्रवाहलाई आफ्नो राजनीतिक एजेन्डाका रूपमा अघि सारेको छ ।

    अर्यालको राजनीतिक यात्राभन्दा अगाडिको पहिचान भने युवा नेतृत्व विकास र सामाजिक अभियानसँग जोडिएको छ । धादिङको ज्वालामुखी गाउँपालिका–४, ढोलामा जन्मिएका अर्यालले प्लस–टु अध्ययनकै क्रममा युवालाई संगठित गर्ने उद्देश्यले ‘यूथ पार्लियामेन्ट’को अवधारणा अघि सारेका अर्यालले २०६८ को अन्त्यतिर साथीहरूसँग मिलेर यूथ पार्लियामेन्ट नेपाल दर्ता गरेका थिए । त्यसपछि युवालाई नीति निर्माण र सार्वजनिक बहसमा सहभागी गराउने उद्देश्यले उनले ‘मिनी संसद्’को अवधारणा अघि बढाए ।

    पहिलो संविधानसभाले संविधान निर्माण गर्न नसकेपछि अर्यालको नेतृत्वमा ३०१ सदस्यीय ‘नमुना युवा संविधानसभा’ गठन गरिएको थियो । उक्त युवा संविधानसभाले विभिन्न विषयमा छलफल गर्दै संविधानको नमुना तयार गरेको थियो। तयार गरिएको नमुना संविधान तत्कालीन संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई समेत बुझाइएको थियो ।

    नेपालमा युवा अभियानलाई संस्थागत गर्दै आएका अर्यालले पछि त्यसलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गरे । उनको नेतृत्वमा ग्लोबल यूथ पार्लियामेन्ट स्थापना भयो । २०२४ मा प्रकाशित विवरणअनुसार त्यस बेला ग्लोबल यूथ पार्लियामेन्टमा ८६ देशका २१ सयभन्दा बढी युवा जोडिएका थिए । ८० भन्दा बढी

    देशका एक हजारभन्दा बढी युवाले संस्थाका विभिन्न कार्यक्रमका क्रममा नेपाल भ्रमणसमेत गरिसकेका थिए ।

    ग्लोबल यूथ पार्लियामेन्टले युवा नेतृत्व विकाससँगै कला–संस्कृतिको आदानप्रदान र पर्यटन प्रवद्र्धनलाई समेत आफ्नो कार्यक्षेत्र बनाउँदै आएको छ । नेपालसहित भारत, बंगलादेश, श्रीलंका, मलेसिया, थाइल्यान्ड, फिलिपिन्स, इटाली, जर्मनी, अस्ट्रेलिया, केन्या, संयुक्त अरब इमिरेट्स, दक्षिण कोरिया, ताइवान र इजिप्टलगायत देशमा संस्थाका कार्यक्रम भएका छन् ।

    अर्यालको युवा क्षेत्रमा योगदानलाई नेपाल सरकारले समेत सम्मान गरेको छ। उनलाई समाजसेवा रत्न–२०७९ बाट विभूषित गरिएको थियो । त्यस्तै, युवा तथा खेलकुद मन्त्रालयले २०८० मा युवा सशक्तीकरण तथा नेतृत्व विकास क्षेत्रमा योगदान पु¥याएको भन्दै राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कार प्रदान गरेको थियो ।

    पछिल्लो समय पनि अर्याल युवा राजनीतिक चेतना र नेतृत्व विकाससँग सम्बन्धित गतिविधिमा सक्रिय थिए । २०८२ साउनमा देशका १६५ निर्वाचन क्षेत्रबाट छनोट भएका राष्ट्रिय युवा सांसदलाई शपथ गराउने कार्यक्रममा उनले ग्लोबल यूथ पार्लियामेन्टका अध्यक्षका रूपमा शपथ गराएका थिए। युवा सांसद छनोटका लागि सात हजारभन्दा बढी आवेदन परेको थियो ।

    राजनीति शास्त्रमा स्नातकोत्तर गरेका अर्यालले युवा अभियानसँगै प्रविधि र सामाजिक उद्यमको क्षेत्रमा समेत काम गरेका छन् । उनले आइटी कम्पनी सञ्चालन गर्दै रोजगारी सिर्जनामा समेत काम गरेको उनको विगतको प्रोफाइलमा उल्लेख छ ।

    अब उज्यालो नेपाल पार्टीको महासचिवको जिम्मेवारीसँगै अर्यालको भूमिका सामाजिक अभियानभन्दा फरक राजनीतिक तहमा पुगेको छ ।

    युवा नेतृत्व, सुशासन र प्रणालीगत सुधारका विषयमा लामो समयदेखि काम गर्दै आएका अर्यालले ती एजेन्डालाई अब पार्टी संगठन, नीति निर्माण र निर्वाचन राजनीतिमा कसरी रूपान्तरण गर्छन् भन्ने उनको नयाँ जिम्मेवारीको मुख्य परीक्षा हुनेछ ।

    उज्यालो नेपाल पार्टीले युवालाई नीति निर्माणदेखि कार्यान्वयनसम्म अग्रपंक्तिमा ल्याउने तथा योग्यता, इमानदारी र जनविश्वासलाई नेतृत्वको आधार बनाउने बताउँदै आएको छ । यही राजनीतिक दृष्टिकोणभित्र अर्यालको महासचिव नियुक्तिलाई पार्टीमा युवा पुस्ताको भूमिकालाई थप संस्थागत गर्ने प्रयासका रूपमा पनि हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    गैरदलीय स्थानीय तहको माग गर्दै गगन थापालाई ज्ञापनपत्र 

    पत्रकारलाई विश्वप्रकाशको प्रश्न – तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ ?

    प्रधानमन्त्री कार्यालय यातना गृहजस्तो भयो : कांग्रेस नेता आङ्देम्बे

    श्रम संस्कृति पार्टीद्वारा ‘श्रम ब्रिगेड’ गठन, संयोजकमा रजत किराती

    गैरदलीय स्थानीय तहको माग राख्दै माइतीघर मण्डलामा प्रदर्शन, आन्दोलन निरन्तर जारी रहने

    गगन थापाले सरकारलाई दिए चेतावनी, ‘लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि प्रहार स्वीकार्य छैन’

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो…

    बफादारिता र सुरक्षाको प्रतीकका रूपमा कुकुरको पूजा गरिँदै

    सामाजिक सञ्जालको छाडापन नियमन गर्ने बेला भएन र…

    आज कुकुर तिहार, कुकुरलाई पूजा गरी मीठा परिकार…

    बफादारिता र सुरक्षाको प्रतीकका रूपमा कुकुरको पूजा गरिँदै

    आज कुकुर तिहार, कुकुरलाई पूजा गरी मीठा परिकार…

    प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष…

    विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर…

    आर्थिक

    धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट

    सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढ्यो

    तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑