सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । धनतेरसका दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ। सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ९०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बिहीबार प्रतितोला ३ हजार ९२० रुपैयाँ रहेको चाँदी शुक्रबार ११० रुपैयाँले घटेर ३ हजार ८१० रुपैयाँमा झरेको महासंघले जनाएको छ।
धनतेरसका दिन सुनचाँदीको मूल्यमा आएको गिरावटले गरगहना खरिद गर्ने उपभोक्तालाई केही राहत मिल्ने देखिएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा