• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ३१, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • विपद्को बेला अस्वाभाविक मूल्यवृद्धि लुट हो : सांसद केसी

      बाढीपीडितको पुनर्स्थापना र जलवायु न्यायका लागि अन्तरराष्ट्रिय अभियान समिति गठनको प्रस्ताव

      वीरेन्द्रनगरको आकाशमा देखिएको इन्द्रेणी (फोटो फिचर)

      प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

      विपद् व्यवस्थापनका लागि नेपालमै ड्रोन उत्पादन गर्ने तयारी : मन्त्री पुन 

      कर्जाको माग कमजोर हुँदा बैंकहरूले घटाए मुद्दति निक्षेपको ब्याजदर

      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

      एक महिनामै सर्वोच्चको नयाँ भवनमा दोस्रोपटक आगलागी, तीन फाँटमा क्षति

      ईभी कार ट्यांकरमा ठोक्किँदा सप्तरीमा चार जना घाइते

      रामेछापको पीडा : घ्याप्चेको पहिरो, सदरमुकाम मन्थली समेत जोखिममा

      सीमा सुरक्षा र नागरिक आवागमन सहजीकरण बारे छलफल गर्न हुम्लाको टोली ताक्लाकोटमा

      भोटेकोशी बाढी अपडेट : १ हजार ४०३ जनाको शव फेला

      सिन्धुलीका सामुदायिक वनद्वारा प्रधानमन्त्री राहत कोषमा ९ लाख २९ हजार सहयोग

      एआई विकास रोक्नुभन्दा सुरक्षित विकासमा जोड दिनुपर्छ : मार्क जुकरबर्ग

      एआई विकास रोक्नुभन्दा सुरक्षित विकासमा जोड दिनुपर्छ : मार्क जुकरबर्ग

    होमपेज /  राजनीती

    सरकारले ‘द ग्रे जोन’को रिपोर्टबारे चित्तबुझ्दो जवाफ दिनुपर्छ : डा.भट्टराई

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र ३०, मंगलबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३५ पटक पढिएको
  • काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरू जिम्मेवार र विनम्र भएर काम गर्न सुझाव दिएका छन् । उनले नयाँ व्यक्तिहरू सरकारमा आएकाले राज्य सञ्चालनको अनुभव लिन समय लाग्ने भन्दै भएका कमजोरीलाई सच्याउँदै अगाडि बढ्नुपर्ने सुझाव दिएका हुन् ।

    नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा भट्टराईले सरकारमा रहेका व्यक्तिहरूले आफूलाई सबै कुरा थाहा भएको ठान्न नहुने बताए । संसारमा सिक्ने कुरा कहिल्यै नसकिने भन्दै उनले नयाँ पुस्ताले पुरानाबाट सिक्दै र पुरानाले पनि नयाँलाई सहयोग गर्दै अघि बढ्नुपर्ने धारणा राखे ।

    उनले भने, ‘सरकारले गरिरहेको कामबारेमा भन्नुपर्दा भर्खरै ठूलो विपत्ति आएकाले केही जटिलताहरु देखिएका छन् । केही कठिनाईहरु भइरहेको होला । उहाँहरू धेरैजसो पहिलोचोटि फरक फरक अनुभव गरिरहनु भएको छ । हालै राष्ट्रिय सभाका केही मान्छे पहिले सांसद भएका एकाध मन्त्री हुनुभयो । नत्र धेरै जना नयाँ व्यक्तिहरू यहाँ आउनुभएको छ । त्यसैले राज्य सञ्चालन गर्ने कुरा, स्टेट क्राफ्ट भन्छन् नि, त्यो चाहिँ किताब पढेर मात्रै पनि नहुने रहेछ । व्यवहारमा सिक्ने र जान्ने कुरा पनि हो । त्यसैले सिक्ने कुरा समयको माग पनि हो ।’

    भट्टराईले सरकारका कमीकमजोरीलाई लिएर अहिले नै ‘बर्बाद भयो, सिद्धियो’ भन्ने ढंगले आलोचना गर्नु उचित नहुने बताए । तर सरकारमा रहेका व्यक्तिहरू भने सिक्ने क्रममा विनम्र हुनुपर्ने उनको भनाइ छ ।

    उनले भने, ‘उहाँहरू(सरकार र सदन)ले सिक्नुपर्छ । त्यसका लागि विनम्र हुनुपर्छ । ‘मैले सबै जानेको छु, कसैसँग सिक्न जरुरी छैन, हामी त सिकाउन आएको हौँ’ भनेजस्तो कुरा गरेर हुन्न । सिक्ने कुरा भनेको कहिले पनि सकिदैन । त्यसैले उहाँहरू विनम्र भएर सिक्ने प्रयत्न गर्दा राम्रो हुन्छ । अरुले इख राखेर देखाइदिन्छु भन्ने पनि गर्नुहुँदैन् । अलिकति भएको गल्तीलाई पनि बढाइचढाइ गरेर खुट्टा तान्ने, पछार्ने ढङ्गले जानुहुँदैन ।’

    उनले ‘पुरानाले नयाँलाई सहयोग गर्ने, नयाँ पनि विनम्र बनेर सिक्दै अगाडि बढ्ने—यो नै अबको बाटो हो’ भन्दै सरकारलाई सुझाव दिए ।

    ‘द ग्रे जोन’बारे स्पष्ट पार्न सरकारलाई सुझाव

    प्रधानमन्त्री बालेन्द्र साहसहित राष्ट्रिय स्वतन्त्र पार्टीका केही प्रमुख नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको दाबी गर्दै अमेरिकी सञ्चारमाध्यम ‘द ग्रे जोन’ले सार्वजनिक गरेको खोजमूलक समाचारका बारेमा डा.भट्टराईले जिम्मेवार व्यक्तिहरुले जवाफ दिनुपर्ने पनि बताए ।

    उनले सत्तामा रहेका व्यक्तिहरूले स्पष्ट जवाफ दिनुपर्ने साथै आरोप वा प्रचारको वास्तविकता के हो भन्नेबारे सरकारले चित्तबुझ्दो ढंगले प्रस्ट पार्नुपर्ने उनको भनाइ छ।

    उनले भने, ‘ग्रे जोन रिपोर्ट मैले पनि हेरें । सायद मैंले नै होला सबैभन्दा पहिले यसबारे जवाफ दिनुस् है भनेर ट्विटरमा लेखेको । किनकि राजनीतिमा त अनेक चिजहरू हुन्छन्, कतिपय मान्छेले दुष्प्रचार पनि गर्छन् । तर लोकतन्त्रमा कसैले आरोप लगाइसकेपछि त्यो के हो भन्ने कुराको सत्तामा हुनेहरूले चित्तबुझ्दो ढङ्गले जवाफ दिनुपर्छ । ‘यति हो, यति होइन’ अथवा ‘यो पूरै होइन’ भनेर उहाँहरू बोल्नुपर्छ ।’

    उनले सबै राजनीतिक परिवर्तन तथा घटनालाई विदेशी शक्तिसँग जोडेर हेर्ने प्रवृत्ति गलत भएको पनि उनले बताए । तर नेपालजस्तो भू–राजनीतिक रूपमा संवेदनशील मुलुकमा ठूला शक्तिहरूको चासो नहुने भनेर पनि भन्न नसकिने उनको भनाइ छ ।

    ‘यदि कसैले षड्यन्त्रकै सिद्धान्त आविष्कार गरेर ‘सबै बाहिरकाले मात्रै गर्‍यो’ भन्न थाल्नु गलत हुन्छ । एकथरीमा त्यो दृष्टिकोण पनि छ । जे परिवर्तन आउँछ, त्यो विदेशीले गरिदियो, कहिले भारतले, कहिले अमेरिकाले भन्ने चलन छ, त्यो खराब प्रचलन हो,’ उनले भने।

    उनले थपे, ‘तर सँगसँगै हामीले के बुझ्नुपर्छ भने, अहिलेको विश्वमा फेरि नेपालजस्तो भू–राजनीतिक जटिलताहरु बुझ्नुपर्छ । भारत र चीन ठुला देशको बिचमा रहेको साथै अमेरिकाको पनि चासो राख्ने गरेको देशमा ति शक्तिहरूले खेल्दै खेल्दैनन्, चुपचाप लागेर बसेका छन् भन्न पनि मिल्दैन । त्यसैले यस्ता कुराहरू आउँदाखेरि सत्यतथ्य के हो, त्यसलाई प्रस्ट्याउनु राम्रो हुन्छ भन्ने मलाई लाग्छ ।’

    बालेनको ‘परिणाममुखी शैली’ सकारात्मक

    डा. भट्टराईले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को काम गर्ने शैली केही हदसम्म परिणाममुखी रहेको बताए । बाहिरी प्रचारभन्दा काम गरेर परिणाम देखाउने शैली सकारात्मक रहेको उनको धारणा छ ।

    ‘बालेनजीको शैली अलिकति परिणाममुखी, ‘केही काम गरेर देखाऊँ’ भनेजस्तो जस्तो म बुझ्छु । त्यसैले बाहिर देखिने, कार्यक्रममा सहभागी हुनेभन्दा पनि भित्री रूपमै काम गर्ने, परिणाम देखाउने ढङ्गले काम गरेजस्तो मलाई लाग्छ,’ उनले भने।

    यद्यपि, बालेन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको पक्षमा रहेकाले अहिलेको संवैधानिक व्यवस्थाअनुसार संसद्प्रति उत्तरदायी हुनुपर्ने भट्टराईले बताए ।

    ‘उहाँ पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको पक्षकै मान्छे हो । तर यतिबेला हामी कार्यकारी निर्णय प्रणालीमा त गइसकेका छैनौँ । संविधान बमोजिम संसद्ले नेता चुनेर प्रधानमन्त्री बन्ने प्रणाली हामीसँग छ । त्यसैले त यतिबेला त संसद्प्रति नै उत्तरदायी हुनुपर्छ,’ उनले भने।

    बालेनमा संसदमा उपस्थित हुने विषयमा केही अनिच्छा देखिएको भन्दै उनले त्यसो गर्न नहुने बताए । संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी प्रणालीमा गएपछि मात्रै त्यस्तो व्यवस्था उचित हुने उनको भनाइ छ ।

    भट्टराईले बालेनको अनावश्यक भेटघाट र बाहिरी गफभन्दा चुपचाप काम गरेर परिणाम देखाउने शैली भने सकारात्मक रहेको बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ईभी दुर्घटना बढ्दै गएपछि चालक र लाइसेन्स प्रणाली सुधार्न पुकार बमको माग

    उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल

    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    रास्वपा संसदीय दलका सदस्यले प्रधानमन्त्री राहत कोषमा जनही १५ हजार योगदान गर्ने

    सरकारले देश जलाउने काम गर्‍यो, राजसंस्थाबिना राष्ट्रको रक्षा हुन सक्दैन : दुर्गा प्रसाईं

    नेपाल विभिन्न धर्म, संस्कृति, संस्कार र परम्पराले सम्पन्न मुलुक हो : सभापति थापा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा…

    ईभी दुर्घटना बढ्दै गएपछि चालक र लाइसेन्स प्रणाली…

    ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती…

    विपद्को बेला अस्वाभाविक मूल्यवृद्धि लुट हो : सांसद…

    रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

    कृष्णभीरमा नयाँ ट्रयाक खोलियो, असोज १ देखि दुईतर्फी…

    प्रधानमन्त्री दैवी कोषको नाम परिवर्तन गर्न जगदिश खरेलको…

    कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई करिब २…

    आर्थिक

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑