सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा, २९ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्रि सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री पाण्डेले नेपाली कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी र बाग्लुङका दीपेन्द्रबहादुर थापा, नेकपा एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) र नेकपा माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली मन्त्रिमा नियुक्त गरेका हुन् ।
मन्त्रालय भने शपथसँगै सार्वजनिक गर्ने तयारी छ ।
नवनियुक्त मन्त्रीहरूले आज ४ बजे शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।
एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले १५ गते सपथसँगै कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडालाई विना विभागीय मन्त्री बनाएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा