सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङ तथा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह आगामी प्रतिनिधिसभा निर्वाचनमा सँगै जाने सहमतिमा पुगेका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन मा उनीहरूबीच सहकार्य गर्ने सहमति भएको जेन–जी अभियन्ता सुदन गुरुङले रातोपाटीलाई जानकारी दिएका छन्। सहमतिअनुसार तीन पक्षबीच साझा समझदारीका आधारमा चुनावी रणनीति तय गरिने बताइएको छ।
राजनीतिमा वैकल्पिक शक्तिको रूपमा देखिँदै आएका रास्वपा, सुशासन र सुधारका अभियन्ताका रूपमा परिचित कुलमान घिसिङ तथा स्वतन्त्र पहिचान बनाएका मेयर बालेन शाहबीचको यो सहमतिले राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याएको छ।
विश्लेषकहरूका अनुसार यो सहकार्यले विशेषगरी युवा मतदाता, शहरी क्षेत्र र परिवर्तन चाहने वर्गलाई आकर्षित गर्न सक्ने सम्भावना रहेको छ। यद्यपि, सहमतिका विस्तृत शर्त, उम्मेदवार चयन र चुनावी मोडालिटीबारे औपचारिक घोषणा भने आउन बाँकी रहेको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा