• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १४, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • निजी च्याट सार्वजनिक भएपछि सुजन चापागाईंले मागे माफी, फेक सामग्री फैलाएको भन्दै कानुनी कदम चाल्ने

      ‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

      कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ :माधव नेपाल

      हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ :ओली

      वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

      नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

      विद्यालाई विचमा राखेर एउटै मञ्चमा देखिए ओली, प्रचण्ड, माधव र झलनाथ खनाल

      बजेट कार्यान्वयनलाई टेवा दिने गरी मौद्रिक नीति आउँछ : कार्यकारी निर्देशक पौडेल

      सुरक्षा निकायलाई पत्तै नदिई बारा र पर्साका नाकामा गृहमन्त्री गुरुङको ‘छड्के अनुगमन’

      संयुक्त कक्षामा कोचिएर पढ्छन विद्यार्थी, शौच गर्न खेतबारीतिर दौडिन्छन् 

      १५ कठ्ठा जग्गा र पशुचौपाया बेच्दापनि पुगेन उपचार खर्च, श्रीमती बचाउन इनरदेवलाई ६० लाखको खाँचो

      प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८३’बहुमतले पारित 

      शिक्षा–स्वास्थ्यमा लगाइएको करले भुँइमान्छे र गरिबहरुलाई छुँदैन :अर्थमन्त्री वाग्ले

      सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

      भेनेजुएलामा भूकम्प : ज्यान गुमाउनेको संख्या १४ सय नाघ्यो 

    होमपेज /  राजनीती

    कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ :माधव नेपाल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ १४, आईतबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २९ पटक पढिएको
  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई आत्मसमीक्षा, सहकार्य र सिद्धान्तनिष्ठ एकताको आधारमा अघि बढाउनुपर्ने बताएका छन् ।

    मदन भण्डारी फाउण्डेसनले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले मदन भण्डारीको विचार र नेतृत्वले नेपालको राजनीतिमा ऐतिहासिक परिवर्तन ल्याएको बताए ।

    उनले जनताको बहुदलीय जनवाद (जबज) नेपाली कम्युनिस्ट आन्दोलनको महत्वपूर्ण वैचारिक उपलब्धि भएको उल्लेख गर्दै त्यसको भूमिका उच्च मूल्याङ्कन गर्नुपर्ने धारणा राखे । साथै, वर्तमान परिवेशमा समाजवादी आन्दोलनलाई कसरी अघि बढाउने भन्ने विषयमा गम्भीर बहस र आत्ममन्थन आवश्यक रहेको बताए ।

    उनले भने, ‘कम्युनिस्ट आन्दोलनलाई आत्मसमीक्षा, सहकार्य र सिद्धान्तनिष्ठ एकताको आधारमा अघि बढाउनुपर्छ । जनताको बहुदलीय जनवाद नेपाली कम्युनिस्ट आन्दोलनको महत्वपूर्ण वैचारिक उपलब्धि हो, त्यसको उच्च मूल्याङ्कन हुनुपर्छ । अहिले समाजवादी आन्दोलनलाई कसरी अघि बढाउने भन्ने विषयमा गम्भीर बहस र आत्ममन्थन आवश्यक छ ।’

    नेपालले कम्युनिस्ट आन्दोलन कमजोर हुनुका कारणबारे इमानदार समीक्षा गर्नुपर्नेमा जोड दिए । व्यक्तिवाद, भ्रष्टाचार, जनतासँगको दूरी, बदलिँदो सामाजिक मनोविज्ञान बुझ्न नसक्नु र संगठनभित्र देखिएका विकृतिहरू आन्दोलन कमजोर बन्नुका प्रमुख कारण हुन सक्ने उनको भनाइ थियो । उनले नेपालका सबै कम्युनिस्ट घटकले आफ्ना–आफ्ना पार्टीभित्र आत्मचिन्तन र आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए ।

    उनले कम्युनिस्ट एकता केवल नाराले सम्भव नहुने भन्दै साझा मुद्दामा सहकार्य गर्दै विश्वास र सिद्धान्तका आधारमा बलियो तथा दिगो एकता निर्माण गर्नुपर्ने बताए। ‘कुराले चिउरा भिज्दैन’ भन्ने मदन भण्डारीको भनाइ स्मरण गर्दै उनले व्यवहारमा आधारित सहकार्यको आवश्यकता औँल्याए ।

    उनले भने, ‘कम्युनिस्ट आन्दोलन किन कमजोर भयो भन्ने विषयमा इमानदार आत्मसमीक्षा गर्नुपर्छ। व्यक्तिवाद, भ्रष्टाचार, जनतासँगको दूरी र संगठनभित्र देखिएका विकृतिहरूको समीक्षा नगरी अघि बढ्न सकिँदैन। सबै कम्युनिस्ट घटकले आत्मचिन्तन गर्नुपर्छ। कम्युनिस्ट एकता नाराले होइन, साझा मुद्दामा सहकार्य, विश्वास र सिद्धान्तका आधारमा निर्माण हुनुपर्छ। कमरेड मदन भण्डारीले भनेझैँ, ‘कुराले चिउरा भिज्दैन।’ त्यसैले व्यवहारमै एकता र सहकार्य देखिनुपर्छ ।’

    नेपालले नेपालको राष्ट्रियता चुनौतीपूर्ण अवस्थामा रहेको दाबी गर्दै विदेशी शक्तिको बढ्दो प्रभावप्रति सतर्क रहनुपर्ने बताए। नेपाल कुनैपनि छिमेकी राष्ट्रविरुद्ध गतिविधि सञ्चालन गर्ने केन्द्र बन्न नहुने उल्लेख गर्दै राष्ट्रिय हितको रक्षा गर्न सबै देशभक्त शक्तिहरूबीच एकता आवश्यक रहेको उनको भनाइ थियो।

    वर्तमान सरकारको परराष्ट्र नीतिप्रति पनि उनले प्रश्न उठाए । विदेशी शक्तिको चलखेलप्रति सरकार पर्याप्त सचेत नरहेको आरोप लगाउँदै लोकतन्त्र, गणतन्त्र र जनअधिकारको संरक्षणमा कम्युनिस्ट शक्तिहरू अग्रसर हुनुपर्ने उनले बताए।

    उनले भने, ‘राष्ट्रियतासामु अहिले ठूलो चुनौती छ । विदेशी शक्तिको बढ्दो चलखेलप्रति सचेत हुनुपर्छ। नेपाल कुनैपनि छिमेकी राष्ट्रविरुद्ध गतिविधि सञ्चालन गर्ने केन्द्र बन्नु हुँदैन। राष्ट्रिय हितको रक्षा गर्न सबै देशभक्त शक्तिहरू एकजुट हुन आवश्यक छ । वर्तमान सरकार यस विषयमा पर्याप्त संवेदनशील देखिएको छैन। लोकतन्त्र, गणतन्त्र र जनअधिकारको संरक्षणमा कम्युनिस्ट शक्तिहरूले अग्रसर भूमिका खेल्नुपर्छ ।’

    उनले कम्युनिस्ट नेताहरू जनताको बीचमा पुगेर उनीहरूको समस्या र पीडालाई उठाउनुपर्ने आवश्यकता औँल्याउँदै संसद्, सडक र जनस्तरमा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । आत्मकेन्द्रित सोच र स्वार्थी प्रवृत्तिले आन्दोलनलाई कमजोर बनाउने भएकाले त्यसबाट मुक्त हुनुपर्ने उनको भनाइ थियो ।

    मदन भण्डारीको योगदान स्मरण गर्दै नेपालले उनको दूरदृष्टि, संगठनात्मक अनुशासन, लोकतान्त्रिक अभ्यास र कार्यकर्तालाई उत्साहित गर्ने नेतृत्व शैलीबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्ने बताए । उनले मदन भण्डारीको मृत्युलाई अझै पनि शंकास्पद घटना भन्दै त्यसको सत्यतथ्य उजागर हुनुपर्ने धारणा पनि व्यक्त गरे।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

    हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ :ओली

    वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

    प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८३’बहुमतले पारित 

    शिक्षा–स्वास्थ्यमा लगाइएको करले भुँइमान्छे र गरिबहरुलाई छुँदैन :अर्थमन्त्री वाग्ले

    सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    निजी च्याट सार्वजनिक भएपछि सुजन चापागाईंले मागे माफी,…

    ‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य…

    कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ :माधव…

    हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई…

    प्रधानमन्त्रीको जवाफ चितवनबाट होइन, सदनबाट चाहियो : सांसद…

    अबको ३–४ दिनभित्र देशभर मनसुन फैलिने सम्भावना, पश्चिममा…

    रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    काठमाडौं उपत्यकामा २४ घण्टामा २,४३८ चालक कारबाहीमा, २०…

    आर्थिक

    बजेट कार्यान्वयनलाई टेवा दिने गरी मौद्रिक नीति आउँछ : कार्यकारी निर्देशक पौडेल

    सुनचाँदीको मूल्य बढ्यो

    सुनको मूल्य बढ्दा चाँदी घट्यो 

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑