सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपाली खाना र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित भोजनलिपि दोस्रो राष्ट्रिय सेलरोटी प्रतियोगिता २०८३ सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय सेफ घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित प्रतियोगिता नेपाली परम्परागत खानाको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो ।
प्रतियोगितामा कोपिला अधिकारी प्रथम भएकी छन् । त्यस्तै, कमल बुर्जा दोस्रो र सरिता गुरुङ तेस्रो भएका छन् ।
नेपाल खाना प्रवद्र्धन अभियानका संयोजक तथा प्रतियोगिताका आयोजक देवीप्रसाद सापकोटाले प्रतियोगिता सम्पन्न भएको जानकारी दिए ।
नेपाली मौलिक परिकारका रूपमा परिचित सेलरोटीको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।
नेपाली चाडपर्व, संस्कार र संस्कृतिसँग जोडिएको सेलरोटीको परम्परालाई नयाँ पुस्तासम्म पुर्याउन तथा परम्परागत खानाको महत्त्व उजागर गर्न प्रतियोगिता आयोजना गरिएको हो ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा