सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनगढी । कैलीको धनगढीसँग सीमनना जोडिएको भारतको बनगाउँ बजारमा आइतराबार राती भीषण आगलागी भएको छ ।
नेपाली ग्राहकलाई लक्षित गरेर सञ्चालित भारतको लखिमपुर जिल्ला कजरिया पञ्चायत अन्तरगत बनगाउँ बजारमा भएको आगलागीका कारण ६० वटा पसल जलेर ध्वस्त भएका स्थानीको भनाई छ ।
व्यवसायी दीपक अग्रवालका अनुसार एक भाँडा पसलमा विद्धुतको तार सर्ट भएर बेलुका ७ बजेको समयमा आगलागी सुरु भएको थियो । सो आगो समयमै नियन्त्रण गर्न नसक्दा बजार भर फैलिएको उनले बताए ।
धनगढी उप महानगरपालिकाबाट दुईवटा दम्कल, नेपाली सुरक्षा कर्मी, भारतीय सुरक्षा कर्मी र स्थानीयको प्रयास पछि राती ११ बजे तिर आगो नियन्त्रणमा आएको अग्रवालले बताए । बनगाउँ बजारबाट भारतको पलिया बजार करिब ५० किलो मिटर टाढा रहेको छ । पलियाबाट दम्कल आउन ढिलाइ हुने भएका कारण आफुहरूले धनगढीलाई दम्कल सहयोग मागेको अग्रवालको भनाई छ ।
आगलागीका कारण ५० देखि ७० करोड मूल्य बराबरको क्षति भएको स्थानीय व्यवसायी अङ्कित गुप्ताले बताए । एक आपसमा टाँस्सियर पसल बनेका कारण आगो नियन्त्रणमा समस्या भएको उनी बत्ताउँछन् । बन गाउँ बजारमा बिहानै देखि सामान किनमेल गर्ने नेपालीको भीड लाग्ने गर्दछ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा