• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ९, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक परिणाम सम्भव छैन

      क्रियाशील अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन: सभापति थापा

      जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन

      रमेश प्रसाईँद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

      नेपालको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक शान्ति मिश्रको सम्मानमा हुलाक टिकट सार्वजनिक

      विष्णु पौडेललाई माइक्रोमा काठमाडौं ल्याइयो, सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइयो

      गृहमन्त्री सुधन गुरुङमाथि आक्रमण भएको हल्ला असत्य : सचिवालय

      कम उमेरमै अत्यधिक सम्पत्ति आर्जन गरेका बालेन र सुदनमाथि पनि छानबिन हुनुपर्छ : महेश बस्नेत

      इरानमाथिको प्रतिबन्ध अस्थायी रूपमा फुकुवा, तेल बिक्रीका लागि अन्तर्राष्ट्रिय बजार खुला

       विष्णु पौडेल पक्राउप्रति गोकुल बाँस्कोटाको आपत्ति : ‘अभियोग प्रमाणित भएपछि मात्र सजाय हुन सक्छ’

      विष्णु पौडेल पक्राउ परेपछि एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक

      विश्वकपमा मेस्सीका ऐतिहासिक कीर्तिमान : फुटबलका ‘महानायक’को अद्वितीय यात्रा

      रास्वपा महाधिवेशनको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने

      विष्णु पौडेलको नियन्त्रणमा लिइएको घटनाप्रति शंकर पोखरेलको आपत्ति, ‘अदृश्य शक्तिकेन्द्रको प्रभाव’ भएको आरोप

      सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    होमपेज /  मुख्य समाचार

    तेस्रोलिंगी समुदायको नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ताको निवेदन

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ कार्तिक २८, शुक्रबार (७ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४१० पटक पढिएको
  • काठमाडौँ । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको नेतृत्वमा पहिलो पटक निर्वाचन आयोगमा दल दर्ताको निवेदन दर्ता भएको छ। तेस्रोलिंगी अधिकारकर्मी नुमा लिम्बु चञ्चलाको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय कार्य समितिले आयोगमा दल दर्ता गरिदिन निवेदन दिएको हो।

    संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तको नेतृत्वमा आयोग पुगेर दल दर्ताको निवेदन दर्ता गराइएको छ।

    फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन पाउने गरी प्रक्रिया अगाडि बढाइदिन समाजवादी समावेशी पार्टी (ससपा)ले आयोगलाई अनुरोध गरेको छ।

    फागुन २१ को चुनावमा भाग लिन पाउने गरी निर्वाचन आयोगले नयाँ राजनीतिक दलहरूलाई दर्ताका लागि निवेदन दिन कार्तिक ३० गतेसम्मको समय दिएको छ।

    जेनजी आन्दोलनपछि नयाँ दल दर्ताका लागि शुक्रवार मध्यान्हसम्म २७ दलले निवेदन दिएका आयोगले जनाएको छ। नयाँ दलको रूपमा निवेदन दिने ससपा २४औँ दल बनेको छ। २७ गतेसम्म २३ वटा दलले निवेदन दिइसकेका छन्, दल दर्ता फाँटका कर्मचारीले बताए। “यो सहित अर्को एउटा गरेर दुई वटा निवेदन प्राप्त भएका छन्,” कर्मचारीले जानकारी दिए।

    नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले पहिलो पटक आफ्नै नयाँ राजनीतिक दल गठन गरेका हुन्। पार्टीमा महिला र अपाङ्गता भएका व्यक्तिहरूको पनि सक्रिय सहभागिता रहेको छ।

    “साइबरनेटिक लोकतान्त्रिक सङ्घीयता” सहितको पार्टीको घोषणापत्र २०८२ मा राज्यको शक्ति सिंहदरबारबाट होइन, टोल र वडाबाट सञ्चालन हुने भनिएको छ। प्रविधि र करुणामा आधारित लोकतन्त्र निर्माण गर्ने र शक्ति ‘नेतामा’ होइन, ‘जनतामा’हुने घोषणापत्र सार्वजनिक गरिसकेको छ।

    पार्टीको नामअनुरूप ससपाले केन्द्रीय समितिलाई समावेशी बनाएको छ। हुम्ला र कालीकोटबाट समेत केन्द्रीय सदस्य समावेश छन्।आयोगमा ससपाले बुझाएको केन्द्रीय कार्य समितिमा अध्यक्ष झापाकी नुमा लिम्बु, उपाध्यक्ष खोटाङका पवन राई, ललितपुरका समशेर दंगाल क्षेत्री र लमजुङकी बबिता धिताल तामाङ छन्।

    ससपाको महासचिव सर्लाहीका मनिन्द्र सिंह दनुवार, सचिव मकवानपुरकी सञ्जीवनी लोप्चन, कोषाध्यक्ष सिन्धुलीका लासाङ दोर्जे बल र प्रवक्ता काठमाडौँकी प्रतीक्षा चापागाई छन्।

    ससपाका केन्द्रीय सदस्यहरूमा नवलपुरका चन्द्र बहादुर गुरुङ, मोरङका विवेक मगर, रुपन्देहीका सनरेज पुन, काठमाडौँका श्याम बहादुर राई, कालीकोटका विष्णु सिंह ठकुरी, मकवानपुरका जय बहादुर घलान र हुम्लाका नरेश सुनार छन्। यस्तै, सुनसरीका कृष्ण कुमार तामाङ, नुवाकोटकी भावना क्षेत्री तामाङ, चितवनका देव गुरुङ, गुल्मीकी पार्वती परियार, मकवानपुरका विश्वराज अधिकारी र रुपन्देहीका देवेन्द्र बहादुर खत्री ससपाका केन्द्रीय सदस्य हुन्।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक परिणाम सम्भव छैन

    गृहमन्त्री सुधन गुरुङमाथि आक्रमण भएको हल्ला असत्य : सचिवालय

    कम उमेरमै अत्यधिक सम्पत्ति आर्जन गरेका बालेन र सुदनमाथि पनि छानबिन हुनुपर्छ : महेश बस्नेत

     विष्णु पौडेल पक्राउप्रति गोकुल बाँस्कोटाको आपत्ति : ‘अभियोग प्रमाणित भएपछि मात्र सजाय हुन सक्छ’

    विष्णु पौडेल पक्राउ परेपछि एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक

    छोरी लिएर सौराहा घुम्दै प्रधानमन्त्री वालेन्द्र शाह

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक…

    क्रियाशील अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन: सभापति थापा

    जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष…

    रमेश प्रसाईँद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

    रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक…

    गृहमन्त्री सुधन गुरुङमाथि आक्रमण भएको हल्ला असत्य :…

    कम उमेरमै अत्यधिक सम्पत्ति आर्जन गरेका बालेन र…

     विष्णु पौडेल पक्राउप्रति गोकुल बाँस्कोटाको आपत्ति : ‘अभियोग…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

    ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑