सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले पार्टी उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको पक्राउप्रति प्रतिक्रिया जनाउँदै कानुनी प्रक्रिया र विधिको शासनको सम्मान गर्न आग्रह गरेका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बाँस्कोटाले कुनै पनि व्यक्तिलाई आरोप लागेकै आधारमा दोषी ठहर गर्न नमिल्ने बताएका हुन्। उनले कानुनी विधिशास्त्रअनुसार अभियोग प्रमाणित भएपछि मात्र सजाय दिन मिल्ने उल्लेख गरेका छन्।
“फाँसीमा चढाउने कानुन भए पनि कानुनी विधिशास्त्रबाट अभियोग प्रमाणीकरण भएपछि मात्र चढाउन मिल्छ,” बाँस्कोटाले फेसबुकमा लेखेका छन्।
उनले विगतमा राणा शासन, राजतन्त्र र विभिन्न राजनीतिक दलहरूले शक्ति प्रयोग गरेको स्मरण गराउँदै लोकतान्त्रिक व्यवस्थामा अन्तिम शक्तिको स्रोत जनता र कानुन हुने बताए। साथै, गल्ती प्रमाणित भए कसैले विशेष व्यवहारको अपेक्षा गर्न नहुने तर प्रमाणबिनै शक्ति प्रदर्शन गरिए त्यसले अतिवादको रूप लिन सक्ने चेतावनी पनि दिएका छन्।
“गल्ती पुष्टि भए कसैले रेड कार्पेट खोज्न मिल्दैन। गल्ती पुष्टि नभई शक्ति प्रदर्शनका श्रृंखला बढे त्यसले अतिवादको रूप लिन सक्छ,” उनले उल्लेख गरेका छन्।
सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा उपाध्यक्ष पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो। पार्टीको कार्यक्रमका लागि त्यहाँ पुगेका बेला सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई नियन्त्रणमा लिएको बताइएको छ। त्यसपछि मंगलबार उनलाई काठमाडौं ल्याइएको छ।
पौडेलको पक्राउपछि एमाले नेताहरूले कानुनी प्रक्रियाको निष्पक्षता र राजनीतिक प्रभावबारे प्रश्न उठाउन थालेका छन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा