सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा (एमाले) ले आज एकै दिन संसदीय दल र केन्द्रीय सचिवालय बैठक बोलाएको छ। पार्टीका अनुसार दिउँसो २ बजे ललितपुरस्थित च्यासलमा संसदीय दलको बैठक बस्नेछ भने साँझ ६ बजे अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निवासमा केन्द्रीय सचिवालय बैठक आयोजना गरिएको छ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकार र संसद्को समसामयिक अवस्था तथा पार्टीको आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ। साथै, पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि विकसित राजनीतिक परिस्थितिबारे पनि गम्भीर समीक्षा गरिने एमाले स्रोतले जनाएको छ।
पार्टी नेतृत्वले वर्तमान राजनीतिक अवस्था, विपक्षी दलहरूको गतिविधि तथा आगामी दिनमा एमालेले अपनाउने रणनीतिक कदमबारे बैठकमा विस्तृत छलफल गर्ने तयारी गरेको बताइएको छ।
आज बस्ने दुवै बैठकलाई एमालेको आगामी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा